अभिभावकको माया नपाउँदा बालबालिका सडकमा
नेपालबहस संवाददाता
असोज ३०, २०७६ शुक्रबार २:९:२७
३० असोज, काठमाडौं । पछिल्लो समय अभिभावको चेरचाह र माया नपाउँदा बालबालिका गलत बाटोमा लागेको पाइएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले गत साउनदेखि उद्धार गरिएका सडक बालबालिकाले आफूहरुलाई बाबुआमाको माया अभाव भएको निश्कर्ष निकालेको छ ।
परिषद्ले उद्धार गरी ल्याइएका बालबालिकालाई मनोसामाजिक परामर्शपछि के कारणले त्यस्तो गलत बाटोमा लागेको भनी गरेको प्रश्नमा उनीहरुले बाबुआमाको हेरचाह र मायाको अभाव भएका बताएका छन् ।
परिषद्का अनुसार यसरी उद्धार गरिएका बालिका यौन व्यवसायमा र बालक दुव्र्यसनीमा लागेको पाइएको छ । काठमाडौं उपत्यकालाई सडक बालबालिका मुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको टोलीले ठमेल, रत्नपार्क र नयाँ बसपार्कबाट त्यस्ता बालबालिका उद्धार गरिएको जनाएको छ ।
हालसम्म उद्धार गरिएका सबैलाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको र उनीहरुलाई मनोपरामर्र्श दिइ अविभावकसमक्ष जिम्मा लगाइने परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालले जानकारी गराए ।
गत साउनदेखि परिषद्ले नियमितरुपमा विभिन्न कारणले सडकमा अलपत्ररुप रहेका बालबालिकाको उद्धार गर्दै आएकामा असोज मसान्तसम्म मात्रै परिषद्ले २०० गरिसकेको छ । यसरी अलपत्र रहेका बालबालिका तीन वर्षदेखि १८ वर्ष उमेर समूहका छन् ।
त्यसैगरी परिषद्ले यही असोज १० गते काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा सञ्चालित ‘सामाजिक तथा मानवीय सरोकार केन्द्र’ नामक संस्थाले जोखिमपूर्ण अवस्थामा राखेका नौ बालक र दुई बालिकाको उद्धार गरेको थियो । उद्धार गरिएका सबै बालबालिका मुगु जिल्लाका छन् ।
उक्त संस्थाले आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्थाविपरीत उचित खानपान, आवास र संरक्षणको प्रबन्ध नगरीे संस्थामा बालबालिका राखेको पाइएकाले उनीहरुलाई उद्धार गरेको हो । उद्धार गरएका बालबालिकालाई अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकसले बुझ्ला यात्रुका पीडा !
जेठ १, २०८१ मंगलबार
सडक जाम नगरी संसद पुगे राष्ट्रपति पौडेल [ फोटोफिचर ]
जेठ १, २०८१ मंगलबार
वीरगञ्जमा खानेपानीको संकट गहिरिँदै
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार