सप्तरीको पूर्वी पोखरीमा गोही फेला
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार १३:१४:४७
१ कात्तिक, राजविराज । सार्वजनिक पोखरीमा माछा मानेक्रममा बिहीबार सप्तरीको पूर्वी भेगको एउटा गाउँमा गोही फेला परेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका–८ स्थित जोगीनियाँमा सार्वजनिक पोखरीमा माझीले माछा मार्ने क्रममा अन्दाजी छ-सात किलोको गोही भेट्टाएका हुन् ।
गोही जालमा परेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट गएको प्रहरी टोलीले गोही समातेर जिल्ला वन डिभिजन कार्यालयलाई बुझाएको छ ।
आगलागीबाट पाँच लाखको क्षति
सप्तरीको कञ्चनरूप नगरपालिकास्थित बरमझियामा बिहीबार आगलागी हुँदा रु पाँच लाखको क्षति भएको छ । कञ्चनरूप नगरपालिका–२ बरमझियाका भोली साहको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागीबाट सरसामान, अन्नपात, लत्ताकपडा, नगद जिन्सीलगायत जलेर नष्ट भएको छ ।
पटका बरामद
दशैँ सकिएर तिहार र छठ पर्व नजिकिँदै गर्दा सप्तरी प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीबाट बिहीबार पटका बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको पटका बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । सो पटका राजविराज भन्सार कार्यालयलाई बुझाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
उदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
बैशाख १४, २०८१ शुक्रबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ सातामा ‘महाजात्रा’ : ५१ औँ दिनतर्फ लम्किँदै
बैशाख १४, २०८१ शुक्रबार