एनआरएनए प्रतिनिधि : जेलबाट छुटेका कैदी जस्ता
नेपालबहस संवाददाता
कात्तिक १, २०७६ शुक्रबार १४:४२:१५
अनिलभक्त खरेल
प्रधानमन्त्री खड्गप्रसाद ओलीले एकताका भनेका थिए नेपालीले चान्स पायो भने गर्छ जुन कुरा विदेशमा बसेका नेपालीहरुले आफ्नो जन्मभुमिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन मार्फत पुष्टि गरिदिएका छन् ।
विदेशमा बस्दा कडा अनुसाशनमा बस्नु परेकाहरु नेपाल जाँदा जेलबाट भर्खर छुटेका कैदीहरुझै देखा परे र त्यस्तै व्यवहोरा देखाए । उनीहरु मातृभुमिमा ओर्लने बित्तिकै भौतिक सम्पत्ति तोडफेड गर्नेदेखि गुण्डागर्दीमासम्म उत्रिए जस्ले गर्दा विदेशमा बस्ने ८० लाख नेपालीहरु लज्जित हुनु परेको छ ।
आफुहरु विदेशमा बस्दा विदेशको उदाहरण दिंदै नेपालभित्रको बेथिति, अनुसाशसनहीन, अन्याय, अत्याचार, भ्रष्टाचारबारे सामाजिक सञ्जाल मार्फत चर्को आलोचना गर्नेहरुले विदेशमा बसेर चाँही के सिकेछन् भन्ने कुरा एनआरएनएको नवौं सम्मेलनमा विभिन्न देशबाट नेपाल गएका प्रतिनिधहरुले देखाएको तमासा लाजमर्दो, अमर्यादित र निन्दनीय छ ।
एनआरएनएले विश्वसम्मेलनका ताका नेपालमा देखाएको हर्कतहरुको घोर भत्र्सना गर्दछु । यस घटनाले कुकुरको पुच्छर १२ बर्ष ढुंरोमा हालेपनि बांगाको बांगै भने झैं विदेशमा जति वर्ष बसेपनि नेपालीहरुको बानी व्यहोरा जस्ताको तस्तै देखायो । हैनभने यही बेलामा आफुसंग भएका बौद्धिक योग्यता, सीप, दक्षता, क्षमता देशहितको लागि किन प्रस्तुत गर्न सकेनन् । यो चिन्ताको विषय छ । किन आर्थिक सहयोग गर्न सकेनन् विपन्न परिवारलाई ? सोचनीय छ । के यस्तै अवाञ्छनिय गतिविधिका लागि सम्मेलन स्थल नेपाल छनौट गरिएको हो ? जाबो एउटा विद्युतीय भोटिंग मेसिन समेत व्यवस्था गर्न नसक्ने एनआरएनएले के चाँही गर्ला ? चिन्ताको विषय छ ।
हुन् त पदबिना भोक, प्यास, निन्द्रा समेत नलाग्ने केही नेपालीहरु विदेशमा पहिलो पाइला टेक्ने बित्तिकै संघ संगठन खोल्नतिर लाग्छन् । २–३ घर नै किन नहोस् उनीहरु एउटा न एउटा नाम दिएर संस्था खोलिहाल्छन् । जातीको नाममा, भाषीको नाममा, जिल्लाबासीको नाममा, पार्टी विचारधारको नाममा मात्रै हैन कि पछिल्लो समयमा त एउटै थरको नाममा समेत संस्था खोलिन थालेका छन् तर बिडम्वना सबै नेपाली अटाउने संगठन अझसम्म खोलीएका छैनन् ।
१६ वर्ष अगाडि स्थापना भएको एनआरएनए चाँही विगतमा हो कि जस्तो थियो तर अहिले आएर त्यो पनि भ्रम रहेछ । राजनीतिक आस्था भएकाहरुले एनआरएनएभित्र उनीहरुकै राजनीतिक आस्था लाद्न खाजेपछि आम गैर आावासीय नेपालीहरुमा वितृष्णा जाग्दैछ । यसरी राजनीतिक आस्था भएकाहरुले उनीहरुकै राजनीतिक आस्था लाद्न खोजेपछि के फरक रह्यो र कांग्रसको जनसम्पर्क समिति, कम्युनिष्ठको प्रवासी नेपाली मञ्च तथा एनआरएनएमा ? विदेशमा आएको लामो समय भएपनि नेपालको नशाबाट नउत्रिएकाहरुले आफ्नो श्रमलाई ढाकछोप गर्दै नेपालमा झैं आफुलाई संचारकर्मी, पत्रकार, कलाकार, साहित्यकार, पार्टीको पदाधिकारी सम्झिएर एनआरएनएमा सक्रिय भएपछि एनआरएनए यस्तो अवस्थामा आएको हो भन्दा अत्युक्ति नहोला ।
यसरी राजनीतिक पार्टीका झुण्डहरु बसेर राजनीतिक गर्ने थलो बनाएपछि एनआरएनएप्रति सबैको बितृष्णा जाग्नु त स्वभाविकनै हो । कतै त्यही तत्वहरुले एनआरएनएलाई मागीखाने भाँडो त बनाइरहेका छैनन् भन्ने अहिले ठुलो प्रश्न चिन्ह खडा भएको छ एनआरएनएमा लाग्नेहरुका लागि ? यसरी आफ्नो हैशियत र क्षमता भुलेर हावा तालमा नेपालका राजनीतिक पार्टीका पछाडि लागेर सपनाको महल बनाउन तल्लिन एनआरएनए प्रति विदेशमा बस्ने आम नेपालीहरुको खास चासो छैन ।
एनआरएनएप्रति विदेशमा बस्ने नेपालीहरुको मात्र हैन कि नेपालमा रहेका नेपालीहरु र सरकारले पनि चासो दिएका छैनन् । जुन पुष्टि समेत भैसकेको छ । यदि चासो दिएको हुन्थ्यो भने चिनिया राष्ट्रपति आउँदा बनाइएका ३ दिने विकासलाई १० दिने बनाउन सक्थ्यो । चिनिया राष्ट्रपतिको विदाइसंगै सडकका दायाँ-बायाँ रहेका सजिसजावट हटाइने थिएनन् । राष्ट्रपतिले कार्यक्रम उद्घाटन गर्नु मात्रै ठुलो उपलब्धी हैन । आफ्नो घरका पाहुना आउँदा स्वागत गर्न कन्जुस्याई गर्नेहरुले भोलि भिजिट नेपाल २०२० कसरी सफल पार्लान् त्यो पो चिन्ताको विषय भएको छ । अस्तु भर्जिनिया ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सम्पत्ति जलिरहेको छ, देशको वास्तविकता ख्याल नगरी कस्ता योजना आउने होलान् ?
बैशाख १५, २०८१ शनिबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार