आजबाट विश्वकप टी-ट्वान्टी क्रिकेटकाे ग्लोबल छनोट
Advertisement

१ कात्तिक, काठमाडौं । सन् २०२० मा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत युएईमा आज ‘शुक्रबार’बाट ग्लोबल छनोट प्रतियोगिता सुरु हुँदैछ ।

युएईको दुबई र आबुदाबीमा हुने छनोटमा १४ राष्ट्रको सहभागिता रहेको छ । आगामी ३ नोभेम्बरसम्म चल्ने छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाउने छन् । अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्ने छन् । एक आयोजक सहित टी-ट्वान्टी वरियताका शीर्ष ९ टिमले भने छनोट खेल्ने छैनन् ।

राउण्ड रोबिनको आधारमा आयोजना हुने छनोटमा स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, सिंगापुर, नामिबिया, केन्या, बर्मुडा, युएई, आयरल्याण्ड, ओमान, हङकङ,क्यानडा, जर्सी र नाइजेरिया रहेका छन् ।

Advertisement

नेपाल भने यस पटक ग्लोबल छनोटमा पुग्न सकेन् । सिंगापुरमा भएको एसिया फाईनल्समा नेपाल सिंगापुरसँग पराजित हुँदा ग्लोबलमा पुग्न असफल भएको हो ।

छनोटको पहिलो दिन चार खेल हुनेछ । पहिलो खेलमा स्कटल्याण्ड र सिंगापुर भिड्दा दोस्रो खेलमा हङकङ र आयरल्याण्ड खेल्नेछ । तेस्रो खेलमा केन्या र नेदरल्याण्ड तथा चौंथोमा युएई र ओमानले खेल्ने छन् ।

Advertisement
अघिल्लो लेखसामूहिक बलात्कार आरोपमा सात जना पक्राउ
अर्को लेखआजदेखि तातोपानी धारामा स्नानमेला शुरु
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्