एक लाख ५० हजार बराबरको पटाका बरामद
नेपालबहस संवाददाता
कात्तिक ४, २०७६ सोमबार १४:५३:६
४ कार्तिक, राजविराज । सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पटकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
बेवारिसे अवस्थामा लुकाइएको पटाकाहरु विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले जाँच गर्दा विभिन्न ब्राण्डका पाँच बोरा अन्दाजी रु एक लाख ५० हजार बराबरको पटाकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । बरामद गरिएको उक्त परिणामका पटाकालाई जिल्ला प्रहरी कार्यालयमा आजै नष्ट गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
आठ सयभन्दा बढी बोट गाँजा फडानी
सप्तरीको बोदेबरसाइन नगरपालिकाकास्थित खेतबारीमा अवैधरूपमा लगाइएका ७०० बोट गाँजा बिहीबार फडानी गरिएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बोदेबरसाइन, इलाका प्रहरी कार्यालय कडरबोना र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्टबाट खटिएको संयुक्त टोलीले बोदेबरसाइन नगरपालिकाको वडा नं २, ३ र ५ मा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।
खेतबारीमा अवैधरूपमा लगाइएको ७०० बोट गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
यस्तै सप्तरीको पूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिका–९ स्थित विष्णु मन्दिर टोलमा लगाएको १५० गाँजाको बोट पनि प्रहरीले फडानी गरी नष्ट गरिएको छ । उक्त गाँजाको बोटलाई बुद्धिजीवी, स्थानीयवासी र सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार