बजारमा नक्कली शिखर र खुकुरी चुरोटकाे बिगबिगी
नेपालबहस संवाददाता
कात्तिक ६, २०७६ बिहिबार ०:१४:२८
६ असोज, काठमाडौं । नेपाल र भारत सीमासँग जोडिएका प्रायः बजारमा नक्कली चुरोट खुलेआम बिक्रीवितरण भइरहेको छ । जनस्वास्थका लागि हानिकारक हुँदाहुँदै पनि जनकपुर क्षेत्रमा नेपाली ब्राण्डका नक्कली खुकुरी र शिखर चुरोटको बिगबिगी बढेको छ । तर स्थानिय प्रशासनले भने प्रभावकारी कदम चाल्न सकेको छैन । यसको सोझो असर सरकारको आयकरमा पर्न गएको छ भने नागरिकको जनस्वास्थ उच्चजोखिममा परेको छ ।
धनुषा तथा महोत्तरीको शहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्रीवितरण भइरहेको समाचार स्रोतको दावी छ । यो समस्या यी दुई जिल्लामा मात्र नभई प्रदेश दुईका आठै जिल्लामा रहेको छ । जनकपुर भन्सारले धनुषाको गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर १ लाख १४ हजार रुपैयाँ भन्दा बढी मूल्यको खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट बरामद गरिसकेको छ ।
तर नक्कली चुरोट बिक्री गर्नेलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । समान बरामद गर्नुले मात्रै नपुग्ने भन्दै यसमा कारबाही प्रक्रिया अगाडि नबढेसम्म नक्कली सामान विक्रिवितरणमा कमी नआउने जानकार बताउँछन् ।
सरकारले नियम बनाए पनि नियमको कार्यन्वयन हुन नसकेकै कारण नेपाली बजारमा नेपाली ब्राण्डकै भारतीय नक्कली सूर्तीजन्य पदार्थको बिक्री वितरण एवं कारोबार हुँदै आएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको कार्यालय टोलीले यस कुराको खुलासा गरेको हाे । धनुषाको यदुकोहा ,सबैला, भठियन, भररिया, गोदार महोत्तरीको जलेश्वर, मटिहानी, सम्सी, गौशला र सर्लाहीको मलंगवा हरिपूर्वालगायत स्थानमा छ्याप्छ्याप्ती रुपमा नेपाली ब्राण्डका खुकुरी र शिखर भारतीय नक्कली चुरोटको बिक्री वितरण भईरहेको छ । सम्बन्धित निकायले ठोस रुपमा अनुगमन गर्न नसक्दा भारतसँग सीमा जोडिएका नेपाली क्षेत्रमा खुलेआम रुपमा नक्कली ब्राण्डका सूर्तीजन्य पदार्थ बिक्री भइरहेको छ भने राजस्व छली समेत हुदै आएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
नक्कली भारतीय सूर्तीजन्य पदार्थ नेपाली बजारमा पाउन थालिएपछि नेपाली उद्योग धाराशायी हुने स्थितिमा पुगेका छन् । नक्कली खुकुरी चुरोट र असली चुरोटमा अन्तर सम्बन्धमा सूर्य नेपाल प्रालिले सक्कलीमा गाढा रातो रंगको डिब्बा छ भने नक्कलीमा कम रातो रहेको छ ।
सक्कलीमा स्टिकर लोगो रहेको छ भने नक्कलीमा त्यस्तो केही हुँदैन । ती जिल्लाका सीमावर्ती क्षेत्रबाट महिनामा कम्तीमा ५ करोड रुपैयाँ बराबरको नक्कली चुरोट अबैध रुपमा भित्रिने गरेको दावी स्वदेशी उत्पादकको छ । अवैध कारोबारीले प्रति महिना करिब ३ करोड रुपैयाँ अन्तःशुल्क छलेको अनुमान गरिएको छ । नियन्त्रण निकायले कारबाहीमा खासै चासो नदेखाएको आरोप उत्पादक प्रतिनिधिले लगाएका छन् ।
आ.व.२०७५/०७६ मा अधिकतम ८७ प्रतिशतसम्म र सरदर सबै चुरोटमा ४० प्रतिशत भन्दा धेरैले कर बृद्धि गरिएको र आ.व. २०७६/०७७ मा थप १० प्रतिशत कर बृद्धि गरिएकोले एकाएक सूर्तिजन्य पदार्थ विशेष गरेर चुरोटको अवैध व्यापार उल्लेख्य रुपमा बढेको हाे । अत्याधिक कर लाग्ने भएकोले कर छलेर बेचिने यस्ता नक्कली चुरोटमा अधिक नाफा हुने भएकोले अवैध व्यापार बढेको हो ।
राजधानीमा छ्याप्प–छ्याप्ती पाइने विदेशी कर छलेका चुरोटका अलावा स्वदेशी ब्राण्डका नक्कली चुरोट समेत तराईका बजारमा छ्याप्प–छ्याप्ती पाइन थालेपछि स्वदेशी उद्योग समस्यामा पर्ने मात्र नभइ नेपाल सरकारले समेत उल्लेख्य राजश्व गुमाउने देखिन्छ ।
उद्योग सम्बद्ध स्रोतका अनुसार गैरकानुनी चुरोटका कारण राज्यले करिब २३० करोड र अन्य गैरकानुनी सूर्तिजन्य पदार्थका कारण बर्षेनी करिब ५७० करोड गरी कुल ८०० करोड बराबरको राजश्व गुमाइरहेको छ । तर राज्यले यसलाई कम गर्ने भन्दा करको दर बढाई कानुनी उद्योगलाई मात्र करको मारमा पार्ने निती अङ्गिकार गरेको देखिन्छ ।
यस्ता क्रियाकलापले सरकारी अनुगमनमा चुनौती खडा गर्नुका साथै सरकारी राजस्व उठ्ने करोडौ रुपैंयाको क्षति हुन पुगेको छ । यसमा सरकारी निकायले ध्यान नदिने हो भने अन्य सामानमा समेत नक्कली सामान भित्र्याउने डर जनमानसमा उब्जिने र समग्र देशले यसको घाटा बेहोर्नु पर्नेछ । यसमा सरकार मात्र नभई सो स्थानका उपभोक्ता समितिले समेत तदारुकताका साथ आवाज उठाउनु पर्ने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार