राष्ट्र बैंकको गभर्नर बन्न पूर्वएमालेमा तँछाड मछाड
नेपालबहस संवाददाता
कात्तिक २०, २०७६ बुधबार १९:६:३५
२० कार्तिक, काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको स्वास्थस्थिति खस्कँदै गर्दा उनले राज्यसंयन्त्रमा भने दरिलो उपस्थितिका लागि कब्जा गर्ने रणनीतिलाई तीब्रता दिएका छन् ।
यसैक्रममा अब नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि ओलीको रुची र झुकाव देखापरेको छ । आगामी चैतमा वर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालको पदावधि समाप्त हुनु अगावै ओली आफू निकटलाई सो पदमा सुनिश्चित गर्न चाहन्छन् ।
यसका लागि उनले अर्थमन्त्री डा. युवराज खतिवडालाई ओलीले जिम्मेवारी दिइसकेका छन् । प्रधानमन्त्रीले नै गभर्नरमा आफू निकटलाई नियुक्त गर्न हतारो देखाएपछि सो पदका आकांक्षीको चलखेल पनि बढ्न थालेको छ ।
अर्थमन्त्री डा. खतिवडा नयाँ गभर्नरका लागि हालका अर्थसचिव राजन खनाललाई अगाडि बढाउन इच्छुक थिए । तर प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव अस्वीकार गरेपछि पूर्वएमालेका लागि लेबी तिर्नेहरुको ताँती लागेको छ ।
यो अभियानमा सबैभन्दा अगाडि राष्ट्र बैंककै एकजना डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी देखिएका छन् । उनी जसरी भएपनि गभर्नर बन्ने एक सूत्रीय अभियानमा छन् । आफ्नो उद्येश्य पूरा गर्न उनी आफ्ना प्रतिस्पर्धीलाई धूलो चटाउने रणनीतिमा जुटिसकेका छन् ।
त्यसको पहिलो शिकार उनले आफू भन्दा सिनियर डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बनाइसकेका छन् । श्रेष्ठ विरुद्ध उनले ठूलै षडयन्त्र गरेको देखिन्छ । श्रेष्ठलाई प्रतिस्पर्धाबाट बाहिर पार्न उनले शक्तिको दुरुपयोग गरेका छन् । विभिन्न आरोप लगाएर उनले श्रेष्ठलाई फसाउने षडयन्त्र जारी राखेका छन् ।
पूर्वएमाले निकट लेबी तिर्ने शिवाकोटीले प्रतिस्पर्धी श्रेष्ठविरुद्ध छानबीन कमिटी नै बनाउने वातावरण बनाई छाडेका छन् । सत्ता र शक्ति दुरुपयोग गरी उनले श्रेष्ठविरुद्ध विभिन्न आरोप लगाइ छानविन गराउने अवस्था निर्माण गरिदिएका छन् । त्यही आरोपका कारण डेपुटी गभर्नर श्रेष्ठ हाल निलम्बनमा परेका छन् ।
यसका लागि उनले पार्टी मात्र नभई अन्य सम्वन्धको समेत दुरुपयोग गरेका छन् । आफ्ना सहपाठी रुपनारायण भट्टराईको समेत उनले सहारा लिएका छन् । सम्पति शुद्धिकरण विभागका महानिर्देशक भट्टराईमार्फत उनले श्रेष्ठ विरुद्ध छानविनको हौवा पिटाएका छन् । श्रेष्ठको निलम्बनसँगै शिवाकोटीको एउटा तगारो खुलेको छ ।
तर आफैंमा कमजोर क्षमता र केटाकेटी स्वभावका शिवाकोटी अझै पनि बलियो उमेदवार बन्न भने सकेका छैनन् । अर्थमन्त्री स्वयं शिवाकोटीलाई गभर्नर बनाउन भित्रैदेखि तयार छैनन् । तर पूर्वी पहाडको कुमाई र प्रधानमन्त्री ओलीसँगको पारिवारिक नाता जोडिएका शिवाकोटी भने जसरी भएपनि सो पद हत्याउने ध्याउन्नमा लागेका छन् ।
स्रोतका अनुसार, ओली पनि शिवाकोटीलाई बनाउने पक्षमा नकारात्मक छैनन् । तर उपयुक्त पात्र खोज्न भने उनले अर्थमन्त्रीलाई अह्राएका छन्:– स्रोतले भनेको छ । राष्ट्र बैंकका आम कर्मचारी भने शिवाकोटीले गभर्नर पद पाएभने राष्ट्र बैंक र गभर्नर दुबैको गरिमा र सम्मान ध्वस्त हुने बताउँछन् । शिवाकोटीले जस्तोसुकै लबिङ गरेपनि ढुक्क हुने अवस्था भने नभएको स्रोतको दावी छ ।
शिवकोटी भन्दा काबिल र क्षमतावान् अन्य व्यक्ति पनि प्रतिस्पर्धामा भएकाले त्यसै भन्ने स्थिति छैन । नेपाल लगानी बोर्डका कार्यकारी प्रमुख महाप्रसाद अधिकारीले पनि गभर्नर बन्न दौडधूप गरेकाले शिवाकोटी कमजोर हुन सक्ने लख काटिएको छ । अधिकारीको पक्षमा प्रधानमन्त्री समक्ष गतिलै लबिङ भएको बुझिएको छ ।
अर्थमन्त्री डा. खतिवडा पनि राजन खनाललाई बनाउन नसक्दा महाप्रसाद उपयुक्त पात्र भएको ठान्ने मध्येका हुन् । यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, नेपाल बैक लिमिटेडका वर्तमान अध्यक्ष बासुदेव अधिकारी र राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली पनि प्रतिस्पर्धामा भएकाले शिवाकोटीको त्रास यथावत छ ।
उल्लेखित सबै नाम शिवाकोटी भन्दा अब्बल मानिन्छन् । अर्थमन्त्री डा. खतिवडा आफैं पनि राष्ट्र बैंकका क्याडर रहेकाले हरेक व्यक्तिको योग्यता र क्षमताबारे राम्रो ज्ञान राख्छन् । खतिवडा स्वयं पनि आगमी फागुनसम्म मात्र अर्थमन्त्री रहने भएकाले उनको रुचि पनि गभर्नर बनाउनेमा रहेको छ । तर प्रधानमन्त्री ओलीले जस्को नाम लिन्छन् अन्तत: उसैलाई सिफारिश गर्नुपर्ने बाध्यता उनका सामुन्ने रहेको छ ।
र याे पनि … डेपुटी गर्भनर श्रेष्ठबिरुद्ध सुनियोजित षडयन्त्र रच्ने को को हुन् ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
संसदको गतिरोध अन्त्यबारे छलफल गर्न सत्ता पक्षका तीन नेता सिंहदरवारमा
बैशाख ३१, २०८१ सोमबार
सतर्कताले अख्तियारलाई बुझायो प्रतिवेदन, सम्पति विवरण नबुझाउनेको संख्या ६ हजार ७०५
बैशाख ३१, २०८१ सोमबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार