नेपालमा केही दिन बर्षासंगै हिमपात हुने अनुमान
नेपालबहस संवाददाता
कात्तिक २१, २०७६ बिहिबार १३:५२:०
२१ कार्तिक काठमाडौं । अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन बर्षासंगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“अरबको सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा सक्रिय बनेको छ”, मौसमविद् शान्ति कँडेलले भने, “यसले मध्य पहाडी भेगमा वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउने छ । ” देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कँडेलका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ । देशको पश्चिमी वायुको प्रभाव बलियो हुँदा पश्चिमतिर रहेको उच्च हिमाली भेगमा रातिदेखि नै हिमपात हुने अनुमान महाशाखाले गरेको छ ।
आगामी तीन दिन यसै अवस्थामा मौसम सक्रिय हुने भएको छ । अरबको आँधीको असर भारतको दिल्लीमा परेसँगै त्यहाँ वर्षात् सुरु भएको छ । दिल्लीमा वर्षा भएपछि त्यहाँको प्रदूषण कम हुने अनुमान गरिएको छ । तर, आँधीका कारण दक्षिण–पश्चिम भएर बगिरहेको वायुले केही प्रदूषण हावासँगै नेपाल भित्रीएको कँडेलले बताए ।
हिउँदको सुरुआतसँगै उच्च हिमाली भेगमा हिमपात सुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले भनेको छ । यात्रामा जाँदै हुनुहुन्छ भने उच्च हिमाली भेगमा नजान आग्रह गरेको छ । यो बेलामा हुने सामान्य हिमपातले पनि ठूलो असर पु¥याउने भएकाले हिमाली यात्रामा रहेकाले ख्याल गर्न सुझाव दिइएको छ ।
त्यस्तै अन्नबाली कटानसमेत केही दिन रोक्न किसानलाई भनिएको छ । काटेको धानबाली वर्षाका कारण नष्ट हुन सक्ने भएकाले केही दिनपछि मात्र निरन्तरता दिन मौसमविद् सुझाउँछन् ।
याे पनि पढ्नुस :
आज र भोलि मध्य र पश्चिमका धेरै ठाउँमा पानी पर्ने सम्भावना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
अब सर्वोच्चमा पनि अनलाइनबाटै रिट दर्ता गर्न मिल्ने
जेठ १, २०८१ मंगलबार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
जेठ १, २०८१ मंगलबार
सुकेधारामा पुरुषको शव फेला
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
अफगानिस्तानमा चालीस हजार बालबालिका घरबारविहीन
जेठ १, २०८१ मंगलबार