Advertisement

२२ कार्तिक, काठमाडौं । नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक शुक्रबार आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र एशिया–प्रशान्त क्षेत्रका लागि सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले सङ्घको प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएका छन् ।

बैठकमा दुवै पक्षले आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धका सबै पक्षबारे विचारविमर्श गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement

बैठकमा भाग लिने क्रममा राजधानीमा रहेको उक्त प्रतिनिधिमण्डलले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई बेग्लाबेग्लै भेटेर पारस्परिक हित र चासोका विषयमा छलफल गरेको थियो । उक्त प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भोलि शुक्रबार नै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

बिहीबार अपराह्न नेपाल र युरोपेली सङ्घबीच विकास सहायतासम्बन्धी आयोग उपसमितिको तेस्रो बैठक परराष्ट्र मन्त्रालयमा भएको थियो । त्यसअवसरमा द्विपक्षीय विकास सहायताका समग्र पक्षमा विचार आदानप्रदान भएको थियो ।

Advertisement
अघिल्लो लेखशिक्षानीति जारी : नेपाललाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गरिने
अर्को लेखपश्चिमी सीमामा सधैं समस्या
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्