स्थानीय तहको उपनिर्वाचनमा उत्साहपूर्वक मनोनयन दर्ता ४८ पद २८१ उम्मेदवारी
Advertisement

२४ कार्तिक, काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् । पत्रिकाहरूले सरकारले बोलाएको सर्वपक्षीय बैठकमा कालापानीबारे नेताहरुको बीचमा ऐक्यबद्धता कायम भएको समाचारलाई मुख्य चासो दिएर छापेका छन् ।

राजधानी दैनिकले भ्रष्टाचारविरुद्ध नेकपाको ‘भण्डाफोर अभियान’ शीर्षकमा प्रमुख समाचार बनाएको छ । समाचार अनुसार प्रदेश नम्बर २ सरकारको भ्रष्टाचार विरुद्ध नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले ‘भण्डाफोर अभियान’ सञ्चालन गर्ने भएको हो । प्रदेश सरकारले भ्रष्टाचार न्यूनिकरण गर्नुको साटो भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै प्रदेश २ को प्रमुख प्रतिपक्ष नेकपाले जनस्तरसम्म आवाज उठाउने जनाएको हो ।

नेकपाका प्रदेश कमिटी अध्यक्ष प्रभु साहले सिंगो मुलुक समद्धि र सुशासनतर्फ अघि बढिरहेका बेला २ नम्बर प्रदेशको सरकार कमिसनको खेलमा लागेको समाचारमा लेखिएको छ । राजधानीमा कालापानीबारे नेताहरुको बीचमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको र भारतसँग उच्चस्तरीय वार्ता गरिने सहमति भएको बारे पनि शीर्ष समाचार छापिएको छ ।

Advertisement

गोरखापत्र दैनिकमा कालापानीबारे नेताहरुको बीचमा ऐक्यबद्धता कायम भएको र भारतसँग उच्चस्तरीय वार्ता गरिने सहमति भएको समाचारले शीर्ष स्थान पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठकबाट प्राप्त बलियो राष्ट्रिय सहमतिका आधारमा कालापानीको विषयमा भारत सरकारसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक वार्ता गर्ने बताउनुभएको समाचारमा उल्लेख छ ।

प्रधानमनत्री ओलीले शनिबार बोलाउनुभएको सर्वपक्षीय बैठकमा सत्तारुढ नेकपाका अर्का अध्यक्ष तथा पूर्व पूधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत पूर्व प्रधानमन्त्रीहरु, पूर्व परर्राष्ट्रमन्त्रीहरु लगायत विभिन्न पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । गोरखापत्रले सुरक्षा सतर्कताप्रति नेपाल गम्भीर रहेको शीर्षकमासमेत प्रमुख समाचार छापेको छ ।

Advertisement
अघिल्लो लेखसाढे दुई लाखसहित जुवातास खेल्ने ३८ जना पक्राउ
अर्को लेखबार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्