प्रचण्डको सल्लाहमा सचिवालय टीम हटाउने ओलीको निर्णय
नेपालबहस संवाददाता
कात्तिक २४, २०७६ आइतबार २०:५९:११
२४ कार्तिक,काठमाडौं । दुई तिहाईको दम्भले निरङ्कुशतातिर झुकेको केपी ओली सरकार जनताको बढ्दो आक्रोश थामथुम पार्न अर्काे बाटो रोज्दै छ । शासकीय क्षमतामा एकदमै कमजोर देखिएका ओली अब जनतालाई भ्रमित पार्न नयाँ टीम बनाएर सुशासन दिने भन्दै अर्काे पासा फ्याँक्दै छन् । यस्तो गर्न ओलीलाई पार्टी कै अर्का अध्यक्ष पुष्पकमल दाहालले सुझाएको बताइएको छ ।
स्वास्थ्य अवस्था एकदमै कमजोर रहेको बेला पूर्णआराम गर्न चिकित्सकहरुले सल्लाह दिइरहेका बेला ओली भने नयाँ टीम बनाएर काम गर्ने हुटहुटीमा देखिएका छन् । यसले उनको स्वास्थ्य अझै कमजोर बनाउने चिकित्सकको राय छ । तर प्रचण्ड भने ओलीलाई अझै सक्रिय बनाउने अभियानमा देखिएका छन् ।
गत साता प्रचण्डले ओलीलाई तत्कालै नयाँ शीराबाट काम थाल्न सुझाएका थिए । बालुवाटार स्रोतका अनुसार त्यसका लागि उनले सबैभन्दा पहिला प्रधानमन्त्रीको सल्लाहकार समूह नै निकम्मा भएको भन्दै विघटन गर्न प्रधानमन्त्री ओलीलाई नै सहमत गराएका छन् । सल्लाहकारकै अपरिपक्वता र केटाकेटीपनले प्रधानमन्त्रीलाई विवादको घेरामा पार्ने गरिएको भन्दै उनले अब जनतामा नयाँ आशा सञ्चार गर्ने ढंगले काम गर्न नयाँ टीम बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।
प्रधानमन्त्री ओलीले अचानक असन्तुष्टि पोख्दै राजीनामा मागेपछि बिष्णु रिमालले प्रधानमन्त्रीलाई जवाफ फर्काउदै हामीले त सक्दो राम्रै काम गरेका छौ भन्दै लामो फेरहिस्ती राख्दै गर्दा ओलीले उनलाई बीचमा रोक्दै आफ्नो पुरानो शैलीमा भने- “बोकाले दाँई हुने भए गोरु किन चाहियो ?”
ओली पनि प्रचण्डको तर्कप्रति सहमत भएको स्रोतले बतायो । नयाँ टीम भनेको सल्लाहकार र समग्र मन्त्रिमण्डल नै फेरबदल गर्नुपर्ने तर्क प्रचण्डको रहेको छ । तर प्रचण्डको सल्लाह बमोजिम नचल्न प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीलाई पटक पटक सुझाएको स्रोतको भनाई छ । तैपनि ओली भने प्रचण्डकै सल्लाह बमोजिम अघि बढ्ने पक्षमा देखिएका छन् । प्रचण्डले सल्लाहकार समूहका साथै मन्त्रिमण्डलमा पनि फेरबदल गर्न भनेका छन् ।
आगामी मंसिर १४ मा हुने उपनिर्वाचन लगत्तै मन्त्रिमण्डलमा समेत व्यापक फेरबदल गर्ने सोचमा ओली पुगेका छन् । तर यसरी धपेडी गर्दा ओलीको स्वास्थ भने थप कमजोर हुने चिकित्सकको बुझाई छ । प्रधानमन्त्री ओलीको सल्लाहकार समूहमा रहेका एकजनाले बताए अनुसार , अहिले प्रचण्डको कुरा ओलीले सबैभन्दा बढी सुन्ने गरेका छन् ।
त्यसैले ओलीले आफ्नो स्वास्थ्य अवस्थालाई भन्दा प्रचण्डको सल्लाहलाई बढ्ता महत्व दिएका हुन् – ती सल्लाहकार भन्छन् । अहिले ओलीको सल्लाहकार समूहमा सबैजसो पूर्व एमाले त्यसमा पनि ओली पक्षधर नै रहेकाले प्रचण्डलाई राजनीतिक लाभ प्राप्त हुन कठिनाई भएको उनको बुझाई छ ।
संभवत : आगामी मंसिरबाट बन्ने नयाँ टीममा प्रचण्ड निकट पनि पर्न सक्नेछन् – उनको अनुमान छ । तर ओलीलाई शारिरीक र मानसिक रुपमा धेरै धपेडी गराउनु उचित छैन उनले भने– यसमा प्रचण्डको के स्वार्थ छ , पछि स्पष्ट होला नै ।
प्रचण्डको रोष रिमालमाथि
प्रधानमन्त्री ओलीले प्रचण्डलाई साथ लिएर पार्टी भित्रका आफ्ना सत्रूहरुको हुर्मत लिने काम गरिरहेका छन् । तर ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल भने प्रचण्डप्रति अनुदार बन्ने गरेका छन् । सकेसम्म ओलीसँग भेटै नहोस् भैहाल्दा पनि लामो कुरा नहोस् भन्ने पक्षमा देखिन्छन् ।
रिमालको यो शैली प्रचण्डलाई मन परेको छैन । साथै प्रचण्डसँग प्रधानमन्त्री ओलीले गर्ने कुरा र भएका रणनीति समेत रिमालले सार्वजनिक गरिदिने आरोप प्रचण्ड पक्षको रहेको छ । साथै, रिमालप्रति पार्टीकै अरु नेताले समेत पटकपटक गुनासो गर्दै आएका छन् । त्यसैले पनि ओली प्रचण्डको कुरामा तत्कालै सहमत भएको बताइन्छ ।
ओली आफैं सक्रिय
प्रमुख सल्लाहकारसँगको असन्तुष्टी चुलिन थालेपछि ओलीले सबै सल्लाहकारको भूमिकाको खोजी गर्न थालेका छन् । स्रोतका अनुसार केही समययता ओली आफैं नै सल्लाहकार समूहको कार्यशैलीप्रति असन्तुष्ट थिए । खासगरी परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार डा. कुन्दन अर्यालको कार्यशैली र अभिव्यक्तिबाट ओली असन्तुष्ट छन् ।
डा. भट्टराईले प्रधानमन्त्रीसँग छलफल नै नगरी भारतले जारी गरेको नक्साबारे बोलेको र आफ्नो स्वास्थ अवस्थाबारे राम्रो समन्वय नगरी प्रेससँग सम्पर्क स्थापित गर्न नसकेकोमा प्रेस सल्लाहकार डा. अर्यालसँग ओली रुष्ट छन् । साथै, ओलीले विगत केही समय यता सल्लाहकार समूहले गर्ने गरको काम र हेर्ने गरेको फाइल मगाएर आफैं अनुगमन गर्न थालेको पनि स्रोतको भनाई छ ।
ओलीले भने :-“बोकाले दाँई हुने भए गोरु किन चाहियो ?”
गत शुक्रबार प्रधानमन्त्री ओलीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतको टोलीलाई सचिवालय र सल्लाहकार समूह फितलो भएको गुनासो गरे । साथै विषय विज्ञका रुपमा नियुक्त सल्लाहकारहरु पनि अबुझ र फितलो भएकाले राजीनामा गरेर बाटो खोलिदिन भने । बालुवाटार स्राेतका अनुसार प्रधानमन्त्री ओलीले अचानक असन्तुष्टि पोख्दै राजीनामा मागेपछि बिष्णु रिमालले प्रधानमन्त्रीलाई जवाफ फर्काउदै हामीले त सक्दो राम्रै काम गरेका छौ भन्दै लामो फेरहिस्ती राख्दै गर्दा ओलीले उनलाई बीचमा रोक्दै आफ्नो पुरानो शैलीमा भने- “बोकाले दाँई हुने भए गोरु किन चाहियो ?” लगत्तै रिमालले सल्लाहकार समूहको बैठक डाँकी प्रधानमन्त्रीको आशय व्यक्त गरे । लामो छलफलपछि अब प्रधानमन्त्रीलाई सहजहोस् भनेर सामुहिक राजीनामा गर्ने सहमति गरेका छन् । एकजना सल्लाहकारका अनुसार, आगामी मंसिर १ देखि लागू हुुने गरी सामुहिक राजीनामा गर्ने सहमति भएको छ ।
प्रचण्ड हावी
प्रधानमन्त्री ओलीको बढ्दो प्रतिकूल स्वास्थका कारण विस्तारै कार्यकारी भूमिकाबाट अलग्गिने मनस्थितिमा पुगेको देखिन्छ । तर पूर्व सहमति बमोजिमको आलोपालो गर्ने तहसम्म चाहिं पदमै बस्ने पक्षमा ओली रहेका छन् । अब एक वर्ष जति प्रधानमन्त्रीको भूमिकामा बस्ने सहमति भएपनि स्वास्थ्य बिग्रिएकाले कुनैपनि बेला पदत्याग गर्न सक्ने अवस्थामा पुगेका छन् ओली । झण्डै दुई वर्षको अवधि त्यसै खेर गएकोमा ओलीले प्रचण्डसँग दुख मनाउ गरेका छन् ।
त्यसैले प्रचण्डसँग मिलेर केही समय सत्ता चलाउने पक्षमा उनी देखिएका छन् । पार्टीमा माधवकुमार नेपाल पक्षलाई भन्दा प्रचण्डलाई सत्ता हस्तान्तरण गर्दा आफ्नो पक्षलाई सघाउ पुग्ने बुझाई ओली पक्षको देखिएको छ । त्यसैले पनि प्रचण्ड नै शक्तिशाली हुने अवस्था रहेको स्रोतको दावी छ । तर यही रुपमा ओलीलाई धपेडीमा राख्ने हो भने कुनैपनि बेला दुर्घटना निम्तिन सक्ने एकजना सल्लाहकारले नेपालबहसलाई बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार