ज्योतीका बाबुछोरीलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश
Dr. Roop Jyoti, Suruchi Jyoti and Abheek Jyoti pose for photo with Pawan Munjal. File Photo
Advertisement

२४ कार्तिक, काठमाडौं । पूर्वअर्थ सहायकमन्त्री तथा व्यापारी डा. रुपज्योति कंसाकार र उनकी छोरी सुरुचिलाई थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

ज्योति ग्रुप खडा गरेर नेपालभर चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी साधन विक्री गर्दै कमिशन कुम्लाएर आफ्नो व्यापारिक हैसियतको सिँढीमा चढ्न पुगेका डा.रुप हाउजिङ व्यवसायमार्फत ठूलो रकम ठगी गरी आर्थिक छलाङ मार्न खोज्दा पक्राउ परेका थिए ।

आज जिल्ला अदालत काठमाडौंले छोरी सुरुचिसहित रुप ज्योतिलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

Advertisement

यसअघि जिल्ला अदालत काठमाडौंले रुप ज्योतिका बाबुछोरीलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको थियो । सो म्याद शनिबार सकिएपछि उनीहरुलाई आइतबार दोस्रो पटक म्याद थपका लागि अदालत पुर्‍याइएको थियो।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्