यस वर्ष अहिलेसम्म धानको उचित मूल्य नपाउँदा किसान चिन्तित
नेपालबहस संवाददाता
कात्तिक २५, २०७६ सोमबार १९:४४:४७
२५ कार्तिक धनगढी । कैलाली जिल्लामा सरकारी स्वामित्वको निकायबाट यस वर्ष अहिलेसम्म धान खरीदको व्यवस्था नहुँदा बिक्रीमा उचित मूल्य पाउन नसकेको भन्दै किसान चिन्तित भएका छन् ।
सरकारले धानको न्यूनतम् समर्थन मूल्य तोकिसकेको अवस्थामा खरीदको व्यवस्था नहुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले उचित मूल्य नपाएको स्थानीय किसान वीरबहादुर चौधरीले गुनासो गरे । “व्यापारीले तोकेको प्रतिकिलो रु २० मा धान बेचेर घर खर्चको जोहो गर्नु परेको छ”, चौधरीले भने, “तर सरकारले योभन्दा बढी मूल्य तोकेको छ ।”
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सेती अञ्चल कार्यालय धनगढीले धान खरीदको व्यवस्थाका लागि केन्द्रीय कार्यालयको परिपत्र पर्खेर बसेको जनाएको छ । “नेपाल सरकारले झण्डै एक महिनाअघि नै धानको न्यूनतम् समर्थन मूल्य तोकिसकेको छ”, कार्यालयका प्रमुख अनिल श्रेष्ठले भने, “तर निर्देशन आएको छैन ।”
सरकारले प्रतिक्विन्टल मोटो धान दुई हजार ५३२ रुपैया ८० पैसा र मध्यम धानको दुई हजार ६७३ रुपैया १६ पैसा न्यूनतम् समर्थन मूल्य तोकेको श्रेष्ठले बताए । जिल्लामा मध्यम र मसिनो धान उत्पादन निकै कम परिमाणमा हुने हुँदा यसको कारोवार पनि ठूलो मात्रामा हुँदैन ।
संस्थानले धान खरीदका लागि समयमै आफ्नो काँटा सञ्चालन नगर्दा किसानले बाध्य भएर निजी क्षेत्रका व्यापारीसँग धान बिक्री गरेर खर्चको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको अर्का किसान लालवीर रानाले बताए ।
समयमै धानको मूल्य तोकेर खरीदको व्यवस्था गर्न सके धान बिक्री गर्दा व्यापारीको मनोमानी नहुने र मूल्य पनि नियन्त्रण भई किसानलाई राहत हुने किसान रानाले बताए । कार्यालयले गएको वर्ष ४० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकामा झण्डै २३ हजार क्विन्टल खरीद गरेको थियोे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार