उपनिर्वाचन २०७६ विशेष : कहाँ- कहाँ मनोनयन दर्ता भयो ?
नेपालबहस संवाददाता
कात्तिक २७, २०७६ बिहिबार २:१५:५
२७ कार्तिक चितवन । चितवनमा यही मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज जिल्लाका तीन वडामा अध्यक्ष पदका लागि मनोनयन दर्ता गरिएको छ । भरतपुर महानगरपालिका–१६ मा पाँच र खैरहनी नगरपालिका–४ र ५ मा चार÷चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, नेपाल कम्युनिष्ट पार्टी नेकपाका भक्तराज हमाल, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अम्बरबहादुर थापा र नेपाली कांग्रेसका अमृतराज हमालले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी खैरहनी–४ मा नेपाली कांग्रेसका देवप्रसाद बस्नेत, राप्रपाका अनुज अधिकारी, नेकपाका बेदबहादुर अधिकारी र राप्रपा संयुक्तका सीताराम थापाले मनोनयन दर्ता गराउनु भएको हो । खैरहनी–५ मा राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी, समाजवादी पार्टीका बिकन महतो थारू, नेपाली कांग्रेसका प्रतिमा कार्की र नेकपाका पुननारायण प्रधानले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।
भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत परिसर र खैरहनीको निर्वाचन अधिकृतको कार्यालय खैरहनीमा मनोनयन दर्ता गरिएको हो । मनोनयन दर्ता गर्न दलहरुले बाजागाजासहित कार्यालय पुगेका थिए ।
जिल्ला निर्वाचन अधिकारी ढकालका अनुसार जिल्लामा छ वटा मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको छ । मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयम्सेवक नियुक्त गरिनेछ । ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।
उपनिर्वाचन २०७६ : पाँच दलद्वारा उम्मेदवारी दर्ता
बाँकेमा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बाँकेको कोहलपुर नगरपालिका–६ मा हुने उपनिर्वाचनका लागि पाँचवटा राजनीतिक दलले उम्मेदवारी दर्ता गरेका छन् ।
स्थानीय तह मुख्य निर्वाचन अधिकृतको कार्यालय कोहलपुरका अनुसार सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले उम्मेदवारी दर्ता गरेका छन् ।
वडाध्यक्ष रामसोहन थारूको २०७५ मङ्सिर ९ गते निधन भएपछि रिक्त पदका लागि कोहलपुर–६ मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि नेकपाबाट रामशरण थारू र कांग्रेसबाट श्रीकृष्ण थारू, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेमकिपाबाट दीपालक्ष्मी हमालले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयले दलहरुलाई उम्मेदवारको मनोनयन दर्ताका लागि बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिएको थियो ।
प्रमुख निर्वाचन अधिकृत षडानन्द तिवारीले दलहरुलाई दिइएको समयमै दर्ता प्रक्रिया सम्पन्न भएको बताए । उम्मेदवारी दर्ताका लागि दलहरुले आ–आफ्ना सम्पर्क कार्यालयबाट विभिन्न सांस्कृतिक झाँकीसहित ¥याली निकालेका थिए ।
उपनिर्वाचन २०७६ : वडाध्यक्षमा तीनको उम्मेदवारी
अर्घाखाँचीमा मालारानी गाउँपालिका–३ खनदहमा वडाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षका लागि नेपाली कांग्रेसबाट शोभाखर खनाल, नेकपाबाट यमलाल खनाल र राप्रपाबाट रणबहादुर खनालको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय खनदहले जनाएको छ ।
नेकपा र नेपाली कांग्रेसले नाराबाजी गर्दै निर्वाचन कार्यालयमा आएर उम्मेदवारी दर्ता गरेका थिए । उम्मेदवारी दर्तामा नेकपाका नेता तथा प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझी, राष्ट्रियसभाका सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सांसदहरु चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरेलगायतका नेताहरुको उपस्थितिमा नेकपाले उम्मेदवारी दर्ता गरेको थियो ।
नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरु तथा प्रतिनिधिसभाका सदस्य मानबहादुर विक, पुष्पा भुसाल, प्रदेश सांसद निर्मला क्षेत्री, जिल्ला सभापति विष्णु मुस्कानसहितका नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता गरेका थिए । वडाध्यक्षको निर्वाचन भए पनि अर्घाखाँचीमा यो निर्वाचनलाई नेकपा र नेपाली कांग्रेसले आफ्नो प्रतिष्ठाको लडाइँसँग जोडेका छन् ।
स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित अध्यक्ष जीवनकुमार चौहानको २०७४ को पुसमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परी निधन भएपछि वडाध्यक्षको पदमा उपनिर्वाचन हुन लागेको हो ।
नेकपाका उम्मेदवार मालारानी गाउँपालिकाका सदस्य हुन्छन्, भने कांग्रेसका उम्मेदवार खनाल स्थानीय तहको निर्वाचनमा सोही वडाबाट अध्यक्ष पदमा ३६ भोटले पराजित भएका थिए ।
उपनिर्वाचन २०७६ : वडाध्यक्षमा उम्मेदवारी दर्ता
कपिलवस्तुमा पनि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कपिलवस्तुमा १२ जनाको उम्मेदवारी परेको छ ।जिल्लाको शिवराज नगरपालिका–१० लालपुरमा उपनिर्वाचनका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडा नं १० को अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट अदालत मनिहार, नेपाली कांग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्जु मिश्र, जनमत पार्टीबाट महोम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै स्वतन्त्र उम्मेदवारमा शिवलाल यादव, शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहारको मनोनयन दर्ताको भएको छ ।
शान्त व्यवस्थित तरिकाले उम्मेदवार दर्ता भएको निर्वाचन अधिकृत लोकजङ्ग शाहले बताए । वडा नं १० को निर्वाचनमा आज मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार