नेपालले बङ्गलादेशलाई १३९ रनको सामान्य लक्ष्य दियो
नेपालबहस संवाददाता
मंसिर २, २०७६ सोमबार १९:५१:३१
२ मंसिर काठमाडौं । बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई १३९ रनको सामान्य लक्ष्य दिएको छ ।
समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमात्र बनायो । नेपालका लागि सोमपाल कामीबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।
जसमा सोमपालले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ६३ बलमा ४ चौकासहित ३८ रन बनाएका हुन् । त्यस्तै ज्ञानेन्द्र मल्लले २२ रन जोड्दा करण केसीले १८ रन जोडे । कुशल भुर्तेलले १०, करण केसीले १८, आरिफ शेखले ११, पवन सरार्फले नौ, विनोद भण्डारीले आठ, उपकप्तान दीपेन्द्र सिंह एरीले ६ तथा शरद भेषवकरले १ रन जोडे ।
बलिङतर्फ बङ्गलादेशका सैयद मिन्हाजुल आबेदिन र सुमन खानले समान ३-३ विकेट लिए भने तनवीर सिंह र मेहदी हसनले २-२ विकेट लिए । अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई बङ्गलादेशविरुद्वको खेलमा जित्नै पर्ने दबाब छ ।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टोलीसँग ७ विकेटले पराजित भएको थियो । यस्तै शनिबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई जीवित राखेको थियो । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । बङ्गलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार