उपनिर्वाचन २०७६ : घरदैलोमा व्यस्त उम्मेदवार
नेपालबहस संवाददाता
मंसिर २, २०७६ मंगलबार २:५१:५०
२ मंसिर डोटी । आदर्श गाउँपालिका–२ मा वडाध्यक्ष पदको उपनिर्वाचनका लागि यतिबेला चुनावी सारगर्मी बढेको छ । आफ्ना उम्मेदवारका लागि राजनीतिक दलका नेता भोट माग्न गाउँ पसेका छन् ।
मंसिर १४ गते हुने वडाध्यक्षको निर्वाचनका लागि गत कात्तिक २७ गते मनोनयत दर्ता गराएका सबै उम्मेदवार यतिबेला मतदाता रिझाउन घरदैलो अभियानमा जुटेका छन् । उनीहरु खानेपानी, शिक्षा, स्वास्थ्य र सडकका लागि विषेश पहल गर्ने भन्दै स्थानीयवासीलाई रिझाउन थालेको बाझककानीका मकर खड्काले बताए । उनले भने, “पार्टीभन्दा पनि वडाको विकास गर्नेलाई भोट हाल्छौँ ।”
वडाध्यक्षमा भूमिसिहं खड्काले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसबाट महादेव साउद, नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट रामबहादुर बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काशिराम ओझाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा नेकपा र काङ्ग्रेस उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
आ–आफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न नेकपा र काङ्ग्रेसका केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेता भोट माग्न ब्यस्त छन् । “किसानका खेतबारीमै पुगेर भोट माग्न थालेका छन्”, स्थानीयवासी टेकबहादुर खड्काले भने। उक्त वडामा दुई हजार ५०० मतादाता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
मधेशमा जसपा धरापमा, एमाले नेतृत्वमा नयाँ सरकार बन्ने
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार