ओली अलोकतान्त्रिक : पौडेल
नेपालबहस संवाददाता
मंसिर ८, २०७६ आइतबार १७:१०:५
८ मंसिर काठमाडौं । नेपाली जनताले दुई तिहाईको समर्थन दिएको प्रधानमन्त्री केपी शर्मा ओली सरकार संसद् छलेर अध्यादेशमार्फत निरंकुश शासन गर्न उद्यत् देखिएका छन् ।
संवैधानिक परिषदलाई मर्यादित र सन्तुलित बनाउन संविधानले गरेका व्यवस्था बमोजिम जारी ऐन अध्यादेशमार्फत संशोधन गरी आफूखुसी गर्न ओली सरकार अग्रसर भएको छ ।
खासगरी संवैधानिक अंग तथा परिषदमा नियुक्ति गर्न प्रतिपक्षी दल अवरोधक बनेको ठहर गरी ओलीले संवैधानिक परिषद सम्वन्धी ऐन नै शंशोधन गर्न लागेका छन् ।
यसले ओलीको लोकतान्त्रिक चरित्र र दुई तिहाईको औकात प्रष्ट भएको संविधान विद्वहरुको भनाई छ । लोकतन्त्रलाई समृद्ध बनाउने भन्दा कमजोर बनाउने उद्येश्यले यस्तो काम गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस लगायत संविधानका मर्मज्ञहरुले विरोध जनाएका छन् ।
यसै प्रसंगमा आज राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकारको निरंकुशताको खुलेर आलोचना गरे । डेमोक्रेटिक लयर्स एसोसिएसन डीएलएको वार्षिक साधारणसभालाई संवोधन गर्दै पौडेलले भने– लोकतन्त्र र संविधान विपरीत ल्याउन खोजिएको अध्यादेश रोक्ने काम राष्ट्रपतिबाट होस् ।
संवैधानिक पदमा बस्ने व्यक्तिको नियुक्ति सर्वसम्मत हुनुपर्छ भन्ने संविधानको अक्षर र भावना विपरीत ओली सरकार कार्यकर्ता भर्ति गरेर विपक्षीलाई दुख कष्ट दिने पक्षमा रहेको स्पष्ट हुन्छ – पौडेलले भने – हामी लोकतन्त्रका लागि सधैं संघर्ष गर्ने पार्टीका नेता कार्यकर्ता यसको विरोधमा रहने छौं ।
प्रधानमन्त्रीले गत्ती गर्न खोजे सच्याउने दायित्व राष्ट्रपतिको हुने भन्दै उनले उक्त अध्यादेशमा लालमोहर नलगाउन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार