जनतालाई सही व्यक्ति छान्ने अवसर छ : नेता रिजाल
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ सोमबार १४:६:२१
९ मंसिर पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले निष्ठावान् व्यक्तिलाई रोज्नका लागि मतदातासँग आग्रह गरेका छन् ।
पोखरा महानगरपालिका–२१ स्थित ठूलीस्वाँरामा आइतबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले खेमराज पौडेल निष्ठावान् र परिपक्व व्यक्ति रहेको उल्लेख गरे । उनले अहिलेको मत पौडेलका लागि मात्र नभएर सरकारलाई खबरदारीका लागि पनि आवश्यक रहेको बताए ।
कोणसभामा उम्मेदवार पौडेल, चुनावी कमाण्डर गुरु बराल, नेताहरू धनराज गुरुङ, देवराज चालिसे, सोभियतबहादुर अधिकारी, सांसद वृन्दा देवीलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा ठूलीस्वाँरा टोल विकास संस्थाका अध्यक्ष नरबहादुर राना, स्थानीय समाजसेवी नरबहादुर राना र भीमबहादुर रानाले कांग्रेस नेताहरुलाई स्थानीय समस्या बारे जानकारी गराएका थिए ।
कांग्रेसको घरदैलो अभियान जारी छ । सोअन्तर्गत आज पोखरा–२० को भलाममा उम्मेदवारसहितको घरदैलो अभियान चलिरहेका छ । पोखराका अन्य वडामा पनि नेता कार्यकर्ताले घरदैलो गरी मतदाता भेटघाट कार्यक्रमलाई जारी राखेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी गराए ।
पोखरा–७ मा घरदैलो अभियान जारी रहेको र मतदाता भेटघाट अन्तिम चरणमा पुगेको चुनाव प्रचार समितिका संयोजक शुक्रराज शर्माले बताए । यस्तै पोखरा–११ मा पनि चुनाव प्रचार अभियान जारी छ । चुनाव प्रचार समितिका संयोजक शारदा पौडेलका अनुसार पार्टीका सबै संयन्त्रको बैठक बसेर विभिन्न समिति बनाएर अघि बढाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान
बैशाख २९, २०८१ शनिबार
संसद्को संयुक्त बैठक जेठ १ मा : राष्ट्रपति पौडेलले सम्बोधन गर्ने
बैशाख २८, २०८१ शुक्रबार
वर्षे अधिवेशनको पहिलो दिन: खोज्दा-खोज्दै नभेटिएको ‘सहमति’
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बैशाख २९, २०८१ शनिबार
रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
बैशाख २९, २०८१ शनिबार
लागुऔषध कारोबारीको सञ्जाल तोड्दै प्रहरी, दिनहुँ सेवनकर्ता र कारोबारी पक्राउ
बैशाख २९, २०८१ शनिबार
गठबन्धनका नेताहरु सरकार जागोउन जे पनि गर्न तयार हुने, जनता रोइरहने ?
बैशाख २९, २०८१ शनिबार
भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै
बैशाख २९, २०८१ शनिबार
आइपिएलमा आज कोलकोता र मुम्बई भिड्दै
बैशाख २९, २०८१ शनिबार