पर्यटन ब्यबसायी प्रकाश सिंह कार्कीद्वारा जेहेन्दार विद्यार्थी एकतालाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ सोमबार १९:५६:२
९ मंसिर काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि आर्थिक सहयोग गरेका छन् ।
आइतबार सोलुखुम्बु घर भई काठमाडौं बसोबास गर्ने पत्रकारहरुसँगको भेटघाट कार्यक्रमबीच कार्कीले डिप्लोमा फार्मेसी अध्ययनरत सोलुखुम्बु निवासी कुलुङलाई एक लाख तीन हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।
आर्थिक अवस्था कमजोर भएका समस्या देख्नुका साथै सानैमा बुवाआमा गुमाएकी र उनको पढाई एकदम राम्रो भएकाले सहयोग गरेको कार्कीले बताए, ुउनको पढाई र इमान्दारिता हेरेर आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोग गर्नेछु ।’
पर्यटन व्यवशायी समेत रहेका कार्कीले २० लाख पर्यटक भित्र्याउन लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सबैले आ आफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
मुलुकको सम्बृद्धिको मुख्य आधार पर्यटन क्षेत्र भएको उल्लेख गर्दै उनले बाह्यमात्रै नभएर आन्तरिक पर्यटन प्रबर्धन मार्फत स्थानीय उत्पादनको सदुपयोग गरेर आम्दानी बढाउनुका साथै रोजगारी सिर्जना गर्ने तथा राज्यलाई आवश्यक पूर्वाधार निर्माणमा सकारात्मक दबाब सिर्जना गर्न सकिने बताए ।
त्यस्तै देशमा मौलाईरहेको संस्थागत भ्रष्टाचार, प्रशासनिक ढिलासुस्तीलाई पत्रकारिताको माध्यमबाट उजागर गर्दै त्यसको न्यूनिकरणमा लाग्नुपर्ने आवश्यकतासमेत उनले औल्याए ।
सोहि अबसरमा नेपाली कांग्रेश महासमिति सदस्य तथा सोलुखुम्बुका नेता राम बहादुर बस्नेतले बिसेष गरि सोलुखुम्बुमा भएको भ्रस्टाचारलाइ संचारमाध्यमले उजागर गर्दै सुसुचित गर्नु पर्ने र सोलुखुम्बुलाइ भ्रमण बर्ष-२०२० को प्रमुख गन्तब्य बनाउन सोलुखुम्बुका संचारकर्मीले महत्वपुर्ण भूमिका निर्बाह गर्नु पर्ने कुरामा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने, एमाले अझै अनिर्णित !
बैशाख ३१, २०८१ सोमबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो
बैशाख ३१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार