गले उपेन्द्र यादव
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ सोमबार २०:१२:३५
९ मंसिर काठकाडौं । अन्ततः समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले चिसोपानीले नै नुहाएका छन् । अर्थात, प्रधानमन्त्री केपी शर्मा ओलीले अपमान गर्दै एक पक्षीय रुपमा मन्त्रालय परिवर्तन गरेकोमा आक्रोशित भएका उनी आज नयाँ पदभार ग्रहण गर्न सिंहदरबार पुगे ।
गत साता भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा यादव स्वास्थ्य तथा जनसंख्याबाट कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय पुगेका थिए । साथै विगत मन्त्रिपरिषदमा रहेका आफ्नाे पार्टीका राज्यमन्त्री डा. सरोज यादवको जागीर नै चट भएको थियो ।
त्यसपछि समाजवादी फोरम सरकारबाट बाहिरिने तयारीमा रहेको समाचार सार्वजनिक भएका थिए । पार्टीका अर्का नेता डा. बाबुराम भट्टराईले त ओली सरकार निकम्मा भएको भन्दै सार्वजनिक रुपमै निन्दा गर्दै आएका छन् । साथै अर्का मन्त्री मोहमद इस्तियाक राईले समेत प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक भएको भन्दै सरकारमा बस्ने नबस्नेबारे छलफल गर्नुपर्ने टिप्पणी गरेका थिए ।
पार्टीका उपाध्यक्ष रेणु यादवले त तत्कालै सरकारबाट बाहिरनुपर्ने दवाव दिएकी थिइन् । त्यसैले अध्यक्ष यादव गत शुक्रबार भारतबाट फर्केपनि के गर्ने भन्नेमा अन्योलग्रस्त थिए । मन्त्रिमण्डल पुनर्गठन भएको पाँच दिनसम्म उनी नयाँ मन्त्रालयमा हाजिर हुन गएनन् ।
बरु पार्टीको चुनावी सभालाई संवोधन गर्न उनी पोखरातिर लागे । यसैबीच अब उपेन्द्रले सत्ता छाड्ने धेरैले अनुमान गरेका हुन् । पाँच दिनको घुर्कीलाई प्रधानमन्त्रीले खासै महत्व नदिएपछि यादव चिसोपानीले नुहाउन राजी भएका हुन् । आज मन्त्रालयमा स्वागत गर्न भेला भएका कर्मचारी र सञ्चारकर्मीलाई संवोधन गर्दै उनले मन्त्रिपरिषद पुनर्गठन प्रधानमन्त्रीको अधिकार भएको बताए ।
साथै, अब मधेश र मधेशीका लागि आवश्यक कानून बनाउने प्रण पनि उनले गरे । नयाँ पदभार ग्रहण गर्न उनी निजी सवारी साधनमा मन्त्रालय पुगेका थिए । पाँच दिनसम्म यादवले यसबारे गहन छलफल गरेको स्रोतले बताएको छ । डा. बाबुराम लगायत अधिकांश पार्टी पदाधिकारीले सत्ताबाट अलग हुँदा राम्रो हुने सल्लाह दिएपनि उनले मानेनन् । उनको तर्क थियो – हामीले वहिर्गमन ग¥यौं भने राष्ट्रिय जनता पार्टी तुरुन्तै मन्त्रिपरिषदमा भित्रिने तयारीमा छ ।
स्रोतका अनुसार , प्रधानमन्त्री ओली पनि अब समाजवादी फोरम भन्दा राजपालाई लिएर जाँदा नै राजनीतिक फाइदा पुग्ने निश्कर्षमा पुगेका छन् । त्यसैले राजपा नेतृत्वलाई पटक पटक मन्त्रिपरिषदमा सहभागी हुन अफर गरेका छन् । तर समाजवादी फोरम सरकारमा रहेसम्म राजपा जान नसक्ने जवाफ राजेन्द्र महतो लगायत नेताले दिएको स्रोतले बताएको छ ।
यो अवस्था बुझेका यादवले अहिले नेकपासँगको राजनीतिक सहयात्रा टुटाएको अवस्थामा प्रदेश २ मा समेत नयाँ समीकरण बन्न सक्ने बुझेका छन् । नयाँ समीकरण बन्यो भने नेकपाले राजपाको सहयोगमा प्रदेश २ मा सरकार बनाउने र केन्द्रमा समेत राजपाको रजगज हुने बुझाई यादवको रहेको छ । त्यसैले जस्तोसुकै अपमान सहेर भएपनि सत्तामा टाँस्सिनुपर्ने यादवको बाध्यता हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार