उपनिर्वाचन : शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
नेपालबहस संवाददाता
मंसिर १४, २०७६ आइतबार ०:२३:१७
१४ मंसिर काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार शान्तिपूर्ण रुपमा मतदान भएको छ । मतदानका लागि बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।
निर्वाचन आयोगका अनुसार मतदान उत्साहजनक र शान्तिपूर्ण भएको छ । केही मतदान केन्द्र नजिक सामान्य विस्फोट भएपनि त्यसको असर समग्र मतदानमा नपरेको भन्दै आयोगले करिब साठी प्रतिशत मतदान भएको र मतपेटिका संकलनपछि स्थानीय स्तरमा हुने सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जनाएको छ । आयोगका अनुसार भक्तपुर, बाग्लुङ र दाङमा मतदान सम्पन्न भएको हो ।
कास्की २ सहित सबै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ ‘क’, दाङ ३ ‘ख’ र बाग्लुङ २ ‘ख’ मा मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान भएको छ ।
कास्की २ मा मतदान स्थललाई लक्षित गरेर बम विस्फोट समेत भएको छ । तर मानवीय क्षति भने भएको छैन । मतदान सकिएसँगै मतपेटिकाहरु संकलन गर्ने काम सुरु भएको छ । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ७० प्रतिशत मत खसेको अनुमान छ । यद्यपि यकिन विवरण आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार