वाणिज्य बैंक मध्ये एनएमबी बैंकको सर्वाधिक लाभांश प्रस्ताव तर आधार ब्याजदर महंगाे, खराब कर्जा बढ्याे
आर्थिक संवाददाता
मंसिर १७, २०७६ बुधबार ०:४०:४९
१७ मंसिर, काठमाडाैं । एनएमबी बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
संचालनमा रहेका धेरै र बलिया भनिएका कम्पनीकाे शेयरकाे मुल्य घटेर बजारमा संकटकालकाे अवस्था देखिँदा पनि एनएमबीले भने दाेस्राे बजारमा आफ्नाे स्थान दरिलाे बनाउन सफल भएकाे छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीकाे आर्थिक वर्ष ०७५/७६ को साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्ने छन् । सुचीकृत वाणिज्य बैंकहरु मध्ये कम्पनीले आर्थिक वर्ष ०७५/७६ को लागि सर्वाधिक लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको लाभांशको इतिहास:
हरेक वर्ष कम्पनीले दिने बाेनस तथा नगद लाभांश लगातार बढ्दै गएकाे छ । बैंकले आफ्नाे व्यापारकाे दायर बढाएसँगै नाफा पनि बढाउँदै लगेकाे हाे । साेही कारण आर्थिक वर्ष ०७५/७६को मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । आर्थिक वर्ष ०७४/७५ मा कम्पनीले १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
हेरौं कम्पनीको ५ वर्षको लाभांशको ईतिहास:
प्रथम त्रैमास कस्तो आयो ?
एनएमबी बैंकले आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद मुनाफा ४८ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको आर्थिक वर्ष ०७६/७७ को प्रथम त्रैमास र आर्थिक वर्ष ०७५/७६ को प्रथम त्रैमासलाई दाँजेर हेर्दा :
नोट : कम्पनीको खुद मुनाफालाई शेयर संख्याले भाग गरेर प्रतिशेयर आम्दानी निकालिएको छ ।
खुद ब्याज आम्दानीमा वृद्धि :
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद ब्याज आम्दानीमा २५ प्रतिशतको वृद्धि देखिएको छ । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ९७ करोड ८९ लाख खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १ अर्ब २२ करोड खुद व्याज आम्दानी गरेको छ ।
खुद मुनाफामा आकर्षक वृद्धि :
गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख खुद मुनाफा गरेको कम्पनीले अहिले भने ८१ करोड ५१ लाख खुद मुनाफा गरेको छ । यसरी खुद मुनाफामा ४८ प्रतिशतको वृद्धि देखिएको छ ।
प्रतिशेयर आम्दानीमा वृद्धि:
कम्पनीको प्रतिशेयर आम्दानी पनि २४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैंया २८ पैसा रहेको छ । गत वर्ष प्रथम त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैंया ९० पैसा थियो ।
जगेडा कोष, संचित मुनाफा बढ्दै :
कम्पनीको जगेडा कोष ३५ प्रतिशतले वृद्धि भएको छ । अहिले जगेडा कोषमा ४ अर्ब ६९ करोड रकम पुगेको छ । संचित मुनाफा भने २७ प्रतिशतले वृद्धि हुँदै २ अर्ब २५ करोड पुगेको छ । शेयर प्रिमियम शिर्षकमा २ अर्ब ५४ करोड रकम छ ।
निक्षेप र कर्जा प्रवाह कस्तो ?
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासलाई आधार मान्दा बैंकको निक्षेप संकलन २५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने कर्जा प्रवाह पनि २५ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ खर्ब २१ अर्ब निक्षेप संकलन गरी १ खर्ब १० अर्ब कर्जा प्रवाह गरेको छ । मर्जर संगै निक्षेप र कर्जा विस्तारमा बैंकले राम्रै प्रगति गरेको प्रस्ट हुन्छ ।
खराब कर्जा बढ्यो :
गतवर्ष प्रथम त्रैमासमा शुन्य दशमलव ७६ प्रतिशत रहेको खराब कर्जा अहिले भने १ दशमलव ९७ प्रतिशत पुगेकाे छ।
आधार व्याजदर बढ्यो :
कम्पनीको अहिले आधार व्याजदर १० दशमलव ३३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा आधार व्याजदर ९ दशमलव ९३ प्रतिशत थियो ।
वितरणयोग्य मुनाफा:
कम्पनीको प्रथम त्रैमाससम्म वितरणयोग्य मुनाफा जम्मा ५३ करोड ६१ लाख रहेको छ ।
कम्पनी र दोश्रो बजार:
मूल्य आम्दानी अनुपात १४ गुणा:
कम्पनीको मंसिर १७ गतेको बजार मूल्य ३८५ लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १३ दशमलव ६१ गुणा आउँछ ।
वास्तविक मूल्य (Fair Value):
कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ २८ पैसा र किताबी मूल्य १८२ रुपैयाँ ४० पैसालाई आधार मान्दा कम्पनीको वास्तविक मूल्य ३४० रुपैयाँ हुन आउँछ । यसको आधारमा अहिलेको कम्पनीको बजार मूल्य ३८५ लाई हेर्दा कम्पनीको बजार मूल्य वास्तविक मूल्य भन्दा थोरै मात्र धेरैमा कारोवार भएको छ । कम्पनीको मंसिर १७ गतेको बजार मूल्य उसको वास्तविक मूल्य भन्दा प्रतिकित्ता ४५ रुपैयाँ महँगो देखिन्छ ।
मूल्य र किताबी मूल्यको आधारमा:
कम्पनीको दोश्रो बजारको मूल्य र किताबी मूल्यको अनुपात निकाल्दा कम्पनीको अनुपात २ दशमलव ११ गुणा आउँछ । बेन्जामिन ग्रामले सो अनुपात १ दशमलव ५ गुणा भन्दा धेरै भएका कम्पनीलाई “ओभर भ्यालूड” क्षेत्रमा राखेको देखिन्छ । यो शुत्र प्रयोग गर्दा कम्पनीको बजार मूल्यलाई कम्पनीको आधारभुत हिसाबसँग दाँजेर हेर्दा कम्पनी “ओभर भ्यालुड” क्षेत्रमा देखिन्छ ।
५२ हप्ताको उच्च-न्यून विन्दु :
कम्पनीको ५२ हप्ताको उच्च विन्दु ३९६ रुपैयाँ प्रतिकित्ता रहेकोमा कम्पनीको ५२ हप्ताको न्यून विन्दु प्रति कित्ता ३०१ रुपैयाँ रहेको छ । कम्पनीको अहिलेको बजार मूल्य ३८५ रुपैयाँ छ ।
कम्पनीको बजार मूल्य १८० दिनको औसत भन्दा धेरै:
कम्पनीको १८० दिनको औसत बजार मूल्य ३७९ रुपैयाँ रहेकोमा दोश्रो बजारमा कम्पनीको शेयर मूल्य त्यो भन्दा थोरै माथि कारोवार भएको देखिन्छ ।
निस्कर्ष:
एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकसँग मर्जर गरेपश्चात आकर्षक वित्तीय विवरण प्रकाशन गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा वाणिज्य बैंक मध्य सबैभन्दा धेरै लाभांश प्रस्ताव गरेको छ । मूल्य आम्दानी अनुपात १४ गुणा भएपनि कम्पनीको बुक क्लोज आउनु बाँकी छ । कम्पनीको आधार व्याजदर बढेको छ भने निस्क्रिय कर्जा पनि बढेको छ । यी दुई कुरालाई घटाउन बैंकलाई चुनौती थपिएको छ । मर्जर पश्चात कम्पनीले निक्षेप संकलन र कर्जा प्रवाहलाई १ खर्बमाथि पुर्याउन सकेको छ ।
यसरी लाभांश र बजार मुल्यको आधारमा अन्य बैंक भन्दा एनएमबी बैंकमा प्रतिफल धेरै देखिएको छ ।
उपलब्ध तथ्याङ्क आधारित विश्लेषण पूर्ण होइन, निर्णय लिँदा थप अनुसन्धान गर्नुपर्ने छ। – लेखक
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार