अत्यधिक बर्षापछि बुरुण्डीमा पहिरो : ३८ को मृत्यु
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ शुक्रबार ०:३९:५०
१९ मंसिर एजेन्सी । बुरुण्डीमा आएको पहिरोमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिबीटोक प्रान्तमा पहिरोका कारण ती मानिसको मृत्यु भएको हो । अत्यधिक बर्षापछि बुधबार ठूलो पहिरो आएको स्थानीयले जनाएका छन् ।
पहिरोका कारण तीन ठाउँमा मृत्यु भएकाहरुको जोडेर ३८ पुगेको सार्वजनिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिरे कुरिकियले पत्रकार सम्मेलनमा बताए । उनका अनुसार न्युम्पुँदुबाट २२, गिकोमेरोबाट तीन र रुकोम्बेबाट १३ मृत शरीरलाई पहिरोबाट झिकिएको छ ।
बिहीबार दिउसो ४ बजेतिर आएको अत्यधिक बर्षा र पहिरोका कारण थप केही घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । कुरिकियेले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताउँदै घटनाबारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार