नगरपालिकाको बोहोराफाँटमा पहिलोपट बस पुग्दा खुशीयाली
नेपालबहस संवाददाता
मंसिर २४, २०७६ मंगलबार १४:२८:२०
२४ मंसिर, बागलुङ । गलकोट नगरपालिका–३ को बोहोराफाँट–लमाइ सडकमा शनिबार पहिलोपटक बस गुड्यो । दुई गाउँ जोड्ने सडक ‘लिङ्क रोड’ उद्घाटनका लागि नगरप्रमुख भरत शर्मा गरैलगायत बसमा सवार थिए ।
उद्घाटनस्थलमा प्रमुख अतिथिसहितलाई गाउँलेले स्वागत गरे । अबिर र माला पहिराए । भजनकीर्तन गरे, नाचे । एकापसमा खुसी साटे । बोहोराफाँट र लमाइ वारिपारिका गाउँ हुन् । छिमेकी भएर पनि दुई बस्तीबीच आउजाउ सहज थिएन । मोटरबाट जान तल हटिया बजार झरेर मध्यपहाडी लोकमार्ग हुँदै जानुपथ्र्यो ।
पैदलयात्रासमेत जोखिमपूर्ण थियो । अब भने दुई गाउँलाई बीचबाट सिधा सडकले जोडेको छ । “मान्छे हिँड्ने बाटो पनि थिएन, मोटरबाटो बनेपछि ठूलो सुविधा भयो”, स्थानीय दानबहादुर बोहोराले भने ।
उनका अनुसार अब सडकमार्ग हुँदै पैदलै हिँडे पनि सजिलै अर्को गाउँ पुग्न सकिन्छ । भिरालो भू–बनोट, बीचमा ठूला भिर र खोँच भएकाले एक गाउँबाट अर्कोमा जान तल झरेर जानुपर्ने बाध्यता थियो । हिँडेर जाँदा पनि फेरो बाटो समात्नुपथ्र्यो । डेढ किमीको बोहोराफाँट–भुल्केपानी–घट्टेखोला ‘लिङ्क रोड’ ले त्यस क्षेत्रका दुई हजार ५०० घरधुरीलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए। झण्डै रु १० लाखको लागतमा उक्त सडकको मार्ग खोलिएको हो । नगरपालिकाले चालू आवमा रु छ लाख र गत आवमा रु डेढ लाख बजेट छुट्याएको थियो ।
बोहोराफाँटदेखि माम्ले हुँदै बराहथानसम्म ‘लिङ्क रोड’ पु¥याउने योजना नगरपालिकाको छ । यही वर्ष नगरपालिकाको रु चार लाख बजेटबाट थप मार्ग खोल्ने काम हुँदैछ । “वडा नं ३ का सबै गाउँ, बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य छ”, वडाध्यक्ष भण्डारीले भने । ग्रामीण सडकको पहुँच विस्तारले सर्वसाधारणको सुविधासँगै पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमासमेत टेवा पुग्नेछ ।
सार्वजनिक बस सञ्चालनको योजनासहित ‘लिङ्क रोड’ निर्माण गरिएको छ । मार्ग खुलेको ठाउँमा नियमित बस सञ्चालनका लागि वडा कार्यालयले पहल गरिरहेको छ । घरगाउँमै बस चलेपछि विद्यार्थीलाई समेत विद्यालय आउजाउ गर्न सहज हुने विश्वास गरिएको छ । वडाभित्र पर्ने ऐतिहासिक गलकोट कोतघर, सहस्रधारालगायतका पर्यटकीय गन्तव्य पनि सडक सञ्जालमा जोडिनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार