तोकिएकै समयमा आकाशे पुल सम्पन्न नहुने
नेपालबहस संवाददाता
मंसिर २५, २०७६ बुधबार १९:३०:५३
२५ मंसिर काठमाडौं । काठमाडौंमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानको रुपमा रहेका नयाँ बानेश्वर चोकमा आकाशे पुलको निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ ।
आगामी महिनासम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकामा अहिले जगको काम मात्रै भएकाले समयमै सम्पन्न नहुने देखिएको हो ।
डिभिजन सडक कार्यालय काठमाडौंले गत चैतमा आठ महिनामा आकाशे पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आकाशे पुल निर्माणका कतिपय काम बाँकी रहेकाले एक महिनामै सम्पन्न हुने नदेखिएको कार्यालयका इञ्जिनीयर सुदर्शन कार्कीले बताए । उनले भने, “आकाशे पुल निर्माणको काम भइरहेको देखिए पनि समयमै सकिने अवस्था देखिएको छैन ।”
ठेक्का सम्झौता भइसक्दा पनि सडकमा रहेका खानेपानीको पाइप, विद्युत्को पोललगायतका संरचनाका कारण निर्माण शुरु गर्न केही ढिलाइ हुन गएको थियो ।
अहिले निर्माणका क्रममा कुनै अवरोध नभएको इञ्जिनीयर सुदर्शन कार्कीले बताए । यस स्थानमा महानगरपालिकाको आकाशे पुल निर्माणको योजना नभएकाले कार्यालयले अघि बढाएको थियो ।
अघिल्ला वर्षमा डिभिजन सडक कार्यालयले सडक निर्माण मात्रै गर्दै आएकामा यस वर्ष आकाशे पुल निर्माणसमेत गर्दैछ । कोटेश्वर चोकमा पनि आकाशे पुल निर्माणको प्रक्रिया अघि बढे पनि वडा कार्यालयले स्थान परिवर्तनको माग गरेपछि अघि बढ्न सकेको छैन । काठमाडौँ महानगरपालिकाले माइतीघर, टेकुलगायतका स्थानमा आकाशे पुल निर्माण गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बैशाख १४, २०८१ शुक्रबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
यी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मूख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार