किन गए पूजाको घर वरिपरि पल घरीघरी ?
Advertisement

२६ मंसिर काठमाडौं। ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ । विहीबार फिल्मको गीत ‘तिम्रो घरको वरिपरि’ सार्वजनिक भएको हो ।

फिल्मको मुख्य भूमिकामा रहेका अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाहलाई फिचरिङ गरिएको छ। गीतको भिडियोमा सन्दकपुर गाउँ, पानीटारको चियाबारी र इलाम लगायतका दृश्यहरु समावेस गरिएको छ ।

‘म यस्तो गीत गाउँछु २’ फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्मको निर्माता पनि थापा र शर्मा नै रहेका छन् । सह–निर्माताको रुपमा जन्मजय साम्पाङ राई छन्। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

Advertisement

गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् भने सौरभ लामाले छायांकन गरेका हुन् । शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेको फिल्मलाई रीच इन्टरटेन्मेन्ट र जीजीए ग्रुपले काठमाडौं र एफडी कम्पनीले काठमाडौं बाहिर वितरण गर्नेछ।

पूजा र पलसंगै दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको फिल्म फागूण २३ गतेबाट प्रदर्शनमा आउँदै छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्