विहार राज्यबाट १० बालकको उद्वार
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ शुक्रबार ४:१२:५०
२६ मंसिर सर्लाही । भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि बस्दै आएका नेपालका १० बालश्रमिकलाई उद्धार गरी बिहीबार नेपाल ल्याइएको छ ।
सामाजिक अभियान्ता सरोज रायले अपहरित तथा श्रमिक बालबालिकालाई उद्धार गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीको रोहबरमा परिवारलाई जिम्मा लगाए । उद्धार गरिएकामा आठ जना बालक सर्लाहीका र दुई जना वीरगञ्जका रहेका छन् ।
उद्धार गरिएका मध्ये सात जना बालकलाई श्रमिकको रुपमा लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो भने तीन जनालाई नेपालबाट अपहरणकारीले अपहरण गरी भिख मगाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको सामाजिक अभियान्ता रायले बताए ।
उद्धार गरिएका बालकहरु लालबन्दी नगरपालिका–२ जुटपानीका ११ वर्षीय वीरबल पासवान, चन्द्रनगर गाउँपालिका¬–२ का १७ वर्षीय गङ्गा माझी मुसहर, १५ वर्षीय वीरबहादुर सदा, १७ वर्षीय जनक माझी, १४ वर्षीय भोला माझी, वडा नं. ६ का १६ वर्षीय रामचन्द्र माझी, १५ वर्षीय स्नेही माझी र ईश्वरपुर नगरपालिका–११ का सीताराम माझी र वीरगञ्जका १० वर्षीय किशन पटेल, सोही ठाउँका ८ वर्षीय सदरेआलम नदाफ रहेका छन् ।
एक जना ठेकेदारले भारतको हरियाणा प्रान्तमा काम गराउन लैजाँदै गर्दा भारतीय प्रहरीले आफूहरुलाई उद्धार गरी बालगृहमा पु¥याएको चन्द्रनगर गाउँपालिका–२ का गङ्गा माझीले बताएका छन् । ठेकेदारलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिनाभन्दा बढी समयदेखि बालकहरु सीतामढीको बालगृहमा बस्दै आएका थिए ।
त्यस्तै वीरगञ्जबाट पप्पु पाण्डे नाम गरेका व्यक्तिले आफूहरुलाई अपहरण गरेर लगेको वीरगञ्जका बालकहरुले बताएका छन् । रक्सौल घुमाई दिन्छु भनेर फकाएर आफूहरुलाई पाण्डेले भारतमा लगेको उनीहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
भारतका नियन्त्रक तथा महालेखापरीक्षक मुर्मद्वारा चन्द्रागिरि नगरपालिका अवलोकन
बैशाख १९, २०८१ बुधबार
वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो
बैशाख १९, २०८१ बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार