पीपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर २७, २०७६ शनिबार ३:१६:३
२७ मंसिर काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको हो । सहभागी ६ टिमको कप्तानले ट्रफी सार्वजनिक गरेका थिए ।
प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएपनि खेलहरु भने एक दिन ढिला सुरु हुने भएको छ । शुक्रबार परेको वर्षाको कारण खेल आइतबारबाट मात्र सुरु हुने आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले जनाएको छ । यस अघि शनिबारबाट खेल हुने तालिका रहेको थियो ।
पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको विजेताले २७ लाख प्राप्त गर्नेछ । उपविजेताले १० लाख रुपैयाँ पाउने छन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गर्ने छ ।
प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडीलाई १ लाख र नो ईमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया दिइनेछ । पुस १२ सम्म चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा संचालन हुनेछ । जसमा हरेक टिमले एक अर्कासंग ५ खेल खेल्ने छन् ।
लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छ । दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छन् । उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनसँग खेल्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार