देशैभर वर्षा, पहाडी तथा हिमाली क्षेत्रमा हिमपात
नेपालबहस संवाददाता
मंसिर २८, २०७६ शनिबार १५:२:११
२८ मंसिर काठमाडौं । देशका अधिकांश क्षेत्रमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसकै कारण अहिले देशको मध्य र पश्चिमी क्षेत्रका पहाडी भूभाग र पूर्वी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ ।
केही क्षेत्रमा हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही प्रणालीको प्रभावका कारण शुक्रबार देशैभर वर्षा भएको थियो । पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार रातभर पनि कतै वर्षा र कतै हिमपात हुँदा चिसो बढेको छ। शनिबार दिनभर पनि मौसम बदलीकै अवस्थामा रहने छ । मध्य र पश्चिमी भूभागमा दिनभर आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै पूर्वी क्षेत्रमा सामान्य बदलीको अवस्था रहने मौसमविदले बताएका छन् ।
मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षा हुने जनाइएको छ । उच्च पहाडी र हिमाली क्षखेत्रमा हल्कादेखि मध्यम हिमपात हुने जनाइएको छ । शनिबार राति देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने जनाइएको छ ।
काठमाडौँ उपत्यकामा ३२. ४ मिलिमिटर पानी परेको मौसमविद समिर श्रेष्ठले जानकारी दिएका छन् । बुधबार अधिकतम तापक्रम ११ डिग्री सेल्सियस मात्रै पुगेकाले काठमाडौँमा निकै जाडो भएको थियो । तर शनिबार अधिकतम तापक्रम बढ्ने अनुमान छ । शनिबार बिहान ७.४ डिग्री रहेको काठमाडौँको तापक्रम दिउँसो १७ देखि १८ डिग्रीसम्म पुग्ने अनुमान छ ।
उपत्यकाका नगरकोट, फुलचोकी, चम्पादेवी, चन्द्रागिरिलगायत क्षेत्रमा हिमपात भएको छ । पश्चिमी क्षेत्रका जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ ।
बुधबार बेलुका नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार