हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो
नेपालबहस संवाददाता
मंसिर २८, २०७६ शनिबार २२:३१:५८
२८ मंसिर डोटी । लगातारको वर्षासँगै परेको हिमपातका कारण शुक्रबार दिउँसोबाट अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अहिले सञ्चालन भएको छ ।
सडक डिभिजन कार्यालयको डोजर, स्थानीयवासी र प्रहरीको सहायतामा उक्त राजमार्ग आज शनिबार दिउँसोबाट सञ्चालन गरिएको हो । लामो समयपछि राजमार्ग सञ्चालन भएपछि अहिले उक्त क्षेत्रमा शुक्रबारदेखि रोकिएका सवारी साधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए।
हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका साधन तथा यात्रुहरु गएरातिदेखि उक्त राजमार्गको हगुल्ट भन्ने ठाउँमा अलपत्रमा परेका थिए । हिमपातसँगै चिसो बढेकाले यहाँको जनजीवन प्रभावित भएको छ ।
हिमपातका कारण अवरुद्ध राजमार्ग खुलाइए पनि सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क भने अझै सञ्चालन भएको छैन । पहाडी जिल्लाहरु दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा सञ्चार सम्पर्क जोड्नका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावरमा हिमपातका कारण खराबी आएकाले शुक्रबार रातिदेखि सञ्चार सम्पर्क अवरुद्ध भएको हो । अवरुद्ध भएको सञ्चार सञ्चालन गर्न अझै समय लाग्ने नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ ।
शुक्रबार रातिदेखि टेलिफोन सेवा, नेपाल टेलिकमद्वारा वितरण गरिएको एडिएसएललगायतका इन्टरनेट सेवा पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । एडिएसएललगायतका इन्टरनेट सेवा अवरुद्ध भएपछि यहाँका सञ्चारकर्मीहरुले आफ्ना सञ्चारगृहमा समाचार सम्प्रेषण गर्न सकेका छैनन् ।
ल्यान्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि मोबाइल सेवा तथा हटस्पोट इन्टरनेट सेवा भने आंशिक रुपमा सञ्चालन रहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना
बैशाख ३१, २०८१ सोमबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार