आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
Advertisement

३० मंसिर काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ । आइतवार दिउँसोका लागि बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु उपस्थित नभएपछि बैठक केहीबेर बसेर स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आफ्ना मागहरु सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने दिशामा अघि नबढेको तथा पार्टीलाई एकलौटी ढंगले अघि बढाउन खोजेको भन्दै बरिष्ठ नेता पौडलले नेतृत्वको आलोचना गर्दै आएका छन् ।

उनलाई मनाउन देउवा पनि लागि परेका थिए तर उनको प्रयास सफल हुन सकेन । देउवा हिजो ‘शनिबार’ दिउँसो पौडेल निवास बोहराटार पुगेका थिए । उपसभापति बिमलेन्द्र निधिसहितका नेताहरु बोहराटारमा एकघण्टा भन्दाढी समय बसेर छलफल गरेपनि सहमति जुट्न सकेन ।

Advertisement

पौडेलले १४ औ महाधिवेशनको कार्यतालिकालाई बैठकको मुख्य एजेन्डा बनाउनुपर्ने माग गर्दै आएका छन् । यो विषयमा दुवै पक्षबीच सहमति भएपनि बैठकको एजेन्डामा १४ औं महाधिवेशनको विषय समावेश नगरेकाले बैठकमा सहभागि नहुने नेता पौडेलले बताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्