भद्रपुरबाट सीता एयरलाइन्सको ताप्लेजुङ उडान शुरु
नेपालबहस संवाददाता
पुस २, २०७६ बुधबार १७:११:५६
२ पुस ताप्लेजुङ । पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु हवाई सेवामार्फत जोडिएका छन् । सीता एयर र माउण्टेन एयरले आपसी सहकार्य गरी झापाको भद्रपुर र विराटनगरबाट ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, खोटाङको हलेसी, लुक्लालगायतका ठाउँमा हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिएका हुन् । सीता एयरले आइतबारदेखि दैनिक भद्रपुर–ताप्लेजुङ सिधा उडान शुरु गरेको छ ।
यस्तै लामीडाँडा, लुक्लामा समेत उडान भइरहेको माउण्टेन हेलिकप्टर प्रालिका महाप्रबन्धक दिलबहादुर वलीले जानकारी दिए । उनका अनुसार पाथीभरा र हलेसी दर्शनको प्याकेज नै बनाइएको छ । भद्रपुर र विराटनगरबाट रु २३ हजारमा पाथीभरा आवतजावत गर्न सकिन्छ ।
भद्रपुर र विराटनगर दुवै ठाउँबाट सीता एयरले सुकेटार विमानस्थलसम्म दैनिक उडान भर्नेछ भने सुकेटारबाट माउण्टेन एयरको हेलिकप्टरले दर्शनार्थीलाई मन्दिरसम्म लगेर पुनः सुकेटारमा ल्याउने छ । पाथीभराको दर्शनपछि सुकेटारबाट यात्रुले भद्रपुर, विराटनगर नभई लुक्लासमेत जान पाउनेछन् ।
हवाई सेवा शुरु भएपछि लुक्लाबाट समेत पाथीभरामा दर्शनार्थी आउन थालेका छन् । यस्तै हलेसी दर्शनको समेत रु २३ हजारको प्याकेज बनाएर उडान भर्न थालिएको बताइएको छ । यस्तै माउण्टेन हेलिकप्टरले धरानको भेँडेटारबाट समेत पाथीभरा उडान शुरु गरेको छ । भेँडेटारबाट पाथीभरासम्मको ओहोरदोहोर भाडा रु ३० हजार छ । हवाई सेवाले तीर्थयात्रीलाई मात्रै नभई अन्य यात्रुलाई समेत सहज बनाएको छ । सीता एयरको विमान बिहान भद्रपुरबाट सुकेटार र सुकेटारपछि लुक्ला हुँदै काठमाडौँ जानेछ । पुनः काठमाडौँबाट लुक्ला हुँदै सुकेटार आई भद्रपुर वा विराटनगर फर्कने बताइएको छ ।
प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको पूर्वमा पर्यटकको आकर्षण बढ्दै गएको र यहाँ रहेका दर्जनौँ विमानस्थलमा हवाई सेवा नभएकाले यस क्षेत्रमा हवाई सेवा सञ्चालनमा ल्याइएको बताइएको छ । यसले पर्यटन वर्षलाई सफल बनाउनसमेत सहयोग पुग्ने हवाई सेवा कम्पनीहरुको विश्वास छ ।
यता सुकेटार विमानस्थलबाट नियमित उडान शुरु भए पनि स्थानीयवासीले तराईका भू–भागसहित काठमाडौँसम्मको यात्रामा सहज हुने विश्वास लिएका छन् ।
यस्तै पर्यटकको सङ्ख्यामा समेत वृद्धि भई पर्यटन प्रर्वद्धन हुनुका साथै जटिल प्रकृतिका बिरामीको उद्धारमा समेत सहयोग पुग्ने उनीहरुको भनाइ छ । पूर्वका सबै विमानस्थलमा हवाई सेवा नियमित बने भारतको सिक्किम, दार्जलिङलगायतका पर्यटकलाई समेत सहज हुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार