बङ्गलादेशमा डेङ्गुबाट १ सय ४१ जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस ३, २०७६ शुक्रबार ३:८:५९
३ पुस एजेन्सी । लामखुट्टेको टोकाइका कारण आउने डेङ्गु ज्वरोका कारण यस वर्ष बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या १४१ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।
सरकारले डिसेम्बर १ देखि १८ सम्ममा डेङ्गु भाइरसको सङ्क्रमणबाट सङ्क्रमण भई अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या १०८३ भएको जानकारी गराएको छ ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले दिएको तथ्याङ्कमा डेङ्गुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३५, अगस्टमा ८२, सेप्टेम्बरमा १३ र अक्टोबरमा तीन र डिसेम्बरमा जनाको मृत्यु भएको थियो ।
निर्देशनालयले बङ्गलादेशमा यस वर्ष १४१ जनाको मृत्यु भएको र एक लाख एक हजार १४५ व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि गरेको थियो ।
डेङ्गुका कारण नोभेम्बरमा चार हजार ११, अक्टोबरमा आठ हजार १४३, सेप्टेम्बरमा १६ हजार ८५६ र अगस्टमा सबैभन्दा धेरै ५२ हजार ६३६ व्यक्ति डेङ्गुको सङ्क्रमणपछि अस्पताल पुगेका थिए । गत वर्षको तुलनामा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै पाँच गुणा बढेको र सङ्क्रमण झण्डै दश गुणामा देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
२८ जना सहसचिवको एकैपटक अन्तरमन्त्रालय सरुवा
बैशाख १४, २०८१ शुक्रबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार