कांग्रेसमा विवाद मिलाउन दुबै पक्षबीच वार्ता जारी
नेपालबहस संवाददाता
पुस ६, २०७६ आइतबार २१:४६:३७
६ पुस काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको विवादको गाँठो फुकाउन दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका छन् । पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा अहिले संस्थापन र असन्तुष्ट पक्षका नेताहरु छलफल गरिरहेका छन् ।
संस्थापन पक्षबाट उपसभापति बिमलेन्द्र निधि सहभागी छन् भने असन्तुष्ट पक्षबाट सिंहका साथै दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी रहेका छन् । स्थगित केन्द्रीय कार्यसमिति बैठक पर्सि पुस १० गतेसम्मका लागि स्थगित छ । खासगरी बैठकमा आगामी चौधौं महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्नुपर्ने माग असन्तुष्ट पक्षको रहेको छ ।
लामो समय यो मुद्धामा असहमत रहेको संस्थापन पक्ष अब भने ल्याउन तयार भएको संकेत मिलेको छ । यस्तै अर्काे विवादका रुपमा रहेको विभागको संख्या २७ बाट बढाएर ४१ पु¥याउने विषयमा असन्तुष्ट पक्षले सहमति जनाउने बुझिएको छ ।
तर केही भातृ संस्थाको नेतृत्वका विषयमा भने दुबै पक्षबीच सहमति बनिसकेको छैन । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्व प्राप्त गर्ने सन्दर्भमा असहमति कायमै रहेकाले असन्तुष्ट पक्षले कार्यसमिति वैठक बहिष्कार गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार