के तपाईलाई कुनै व्यक्ति तथा संस्थाको टेलिफोन नम्बर चाहियो ?
नेपालबहस संवाददाता
पुस ७, २०७६ सोमबार १३:५४:३४
७ पुस काठमाडौं । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकताबमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।
थाहा नभएकाे तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकामा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको हो ।
नेपाल टेलिकमको वेब पेजमार्फत यस प्रकारको पिएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको छ । त्यसका लागि कम्पनीको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्छ ।
त्यहाँ दिइएको ‘टेलिफोन इन्क्वाइरी’मा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिन्छ । व्यक्तिगत ग्राहकका हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकका हकमा कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।
विगतमा पनि पिएसटीएन टेलिफोन नम्बर खोज्नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनःपरिमार्जितरुपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीका डाटा प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएका कारणले गर्दा पनि ग्राहकलाई वैकल्पिकमाध्यमबाट बिनाझण्झट जुनसुकैबेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
आज राष्ट्रपतिलाई रोक्ने कि नरोक्न भन्नेबारे कांग्रेसमा छलफल सुरु
जेठ १, २०८१ मंगलबार
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
सभामुखले बोलाए दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ १, २०८१ मंगलबार
मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार