झारखण्ड विधानसभा चुनाव : काग्रेस गठबन्धनकाे अग्रता
नेपालबहस संवाददाता
पुस ७, २०७६ सोमबार १६:४३:४२
७ पुस एजेन्सी । भारतको झारखण्डमा भएको विधानसभा चुनावको मतगणना सोमबार भइरहेको छ । जारी मतगणनाको सुरुवाति परिणाम अनुसार काग्रेस गठबन्धनले अग्रता लिएको छ । झारखण्डका ८१ विधानसभा सिटका लागि मतदान भएको थियो । सुरुवाति नतिजामा कांग्रेस–जेएमएम–राजद गठबन्धनले ३७ सिटमा अग्रता लिएको छ ।
यस्तै हाल सत्तामा रहेको भारतीय जनता पार्टी ‘भाजपा’ ले ३४ सिटमा अग्रता लिएको छ । १० सिटमा अन्य राजनीतिक दलका उम्मेदवार अघि रहेका छन् । झारखण्डमा बहुमतका लागि ४१ सिट चाहिन्छ । यो पटक पाँच चरणमा झारखण्ड विधानसभा चुनाव भएको थियो । अन्तिम चरणको मतदान शुक्रबार भएको थियो ।
अधिकांश एक्जिट पोलले कांग्रेस–जेएमएम–राजद गठबन्धनलाई अघि देखाएका छन् । हाल झारखण्डमा भाजपाका रघुबर दासको नेतृत्वमा सरकार छ । अब उनको सरकार कायम नरहेने संकेत देखिएको छ । दास पाँच वर्षको कार्यकाल पूरा गर्ने राज्यका पहिलो मुख्यमन्त्री हुन् ।
हाल झारखण्ड विधानसभामा भाजपाका ४४ विधायक छन् । यो पटकको चुनावमा भाजपा विरुछ झारखण्ड मुक्ति मोर्चा, कांग्रेस र राष्ट्रिय जनता दलले गठबन्धन बनाएका हुन् । यो गठबन्धनले हेमन्त सोरेनलाई भावी मुख्यमन्त्रीका रुपमा घोषित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा
बैशाख २१, २०८१ शुक्रबार
मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा गर्ने
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार