अन्तर माध्यामिक विद्यालय रनिङ्ग ट्रफी फुटबल सम्पन्न
नेपालबहस संवाददाता
पुस ८, २०७६ मंगलबार १८:२:५३
८ पुस काभ्रेपलान्चोक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी स्कुल साँगामा संचालित २७औं अन्तर माध्यामिक विद्यालय आईजीपी रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र वितरण गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले बिजयी खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा आयोजना हुने प्रतियोगितामा अझै मेहनत र परिश्रम गर्न सबै खेलाडीहरूलाई आग्रह गरे । खेलमा हार जीत स्वभाविक रहने उल्लेख गर्दै आफ्नो क्रियाशीलतालाई निरन्तरता दिएमा सफलता हासिल हुने विश्वास उनले व्यक्त गरे ।
स्कूलका समादेशक प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा नेपाल प्रहरी स्कुल साँगाका प्रिन्सिपल सञ्जिव घिमिरेले स्वागत मन्तव्य तथा खेलकूद सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रतियोगितामा नेपाल प्रहरी स्कुल साँगा ‘ए’ टीम प्रथम, सैनिक आवासीय माध्यामिक बिद्यालय टीम द्वितिय र एसओएस स्कुल काभ्रे टीम तृतीय भएका छन् । आज भएको फाइनल खेलमा नेपाल प्रहरी स्कुल साँगा ‘ए’ टीमले सैनिक आवासीय माध्यामिक बिद्यालयलाई तीन विरुद्द शुन्य गोल अन्तरले पराजित गरेको हो ।
प्रतियोगितामा प्रथम टिमले ३० हजार, द्वितीय टिमले २० हजार र तृतीय टिमले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । मंसिर २७ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी स्कुल साँगा ‘ए’ र ‘बी’ टीम, काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकका गरी जम्मा ७ विद्यालयका ८ टीमको सहभागिता रहेको थियो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव महानिरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमिला खनाल तथा संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय निकायका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, अभिभावक, स्थानीय वासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
ट्रे बनाउन खरिद गरेर ल्याइएको कागज
बैशाख १४, २०८१ शुक्रबार
मनाङको नार गाउँ
बैशाख १४, २०८१ शुक्रबार
अबैध ठहरियो एनसेलको कारोबार, शेयर बिक्री प्रक्रिया अस्वीकृति
बैशाख १४, २०८१ शुक्रबार
पृथ्वी राजमार्ग सडक विस्तार
बैशाख १४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार