सवारी दुर्घटना : उपत्यकामा पाँच महिनामा ७६ को मृत्यु
नेपालबहस संवाददाता
पुस १०, २०७६ बिहिबार २०:७:२२
१० पुस काठमाडों । सोमबार बिहानै सुकेधारा बस्ने गोरखाकी २१ वर्षीय सृष्टि पन्तलाई बसले ठक्कर दिँदा मृत्यु भयो । सुकेधाराबाट चाबहिलस्थित पशुपति क्याम्पस पढ्न बिहानै बस कुरेर बसेकी सृष्टिको नयाँ बसपार्क भक्तपुर रुटमा चल्ने बा४ख ५९२० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा मृत्यु भएको हो ।
सृष्टिको मृत्यु भएको भोलिपल्टै मङ्गलबार बिहान चन्द्रागिरि नगरपालिका–७ चेकपोष्टमा छोरालाई विद्यालय पु¥याउन हिँडेका अर्जुन केसीको सवारी दुर्घटनामा मृत्यु भयो । नम्बर नखुलेको सवारीले मोटरसाइकलमा रहेका अर्जुनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो भने छोरा गम्भीर घाइते भए ।
यी केबल प्रतिनिधिमूलक घटनामात्र हुन् । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाका कारण कैयौँले अकालमा ज्यान गुमाउनुपरेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट ७६ जनाले ज्यान गुमाएका छन् जसमा ६० पुरुष र १६ महिला छन् । मृत्यु भएकामध्ये पैदलयात्रु ३२, मोटरसाइकल तथा स्कुटर दुर्घटना ३४, ट्रक तीन, साइकल एक, कार एक र बसबाट पाँच रहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल अधिकांश दुर्घटना तीव्रगति र चालकको लापर्वाहीका कारण हुने गरेको बताउछन् ।
“पैदलयात्रुले जथाभावीरुपमा बाटो काट्दा पनि सवारी दुर्घटना हुने गरेको छ”, उन िभन्छन् । बढ्दो सवारी चाप र सडकको जीर्ण स्थितिले वर्षेनी सवारी साधन दुर्घटना र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको उनको भनाइ थियो । उपत्यकामा पाँच महिनाको अवधिमा नौ हजार ६९८ सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा परेकामध्ये सबैभन्दा धेरै तीन हजार ७६९ मोटरसाइकल र स्कुटर रहेका छन् ।
यस्तै कार, जीप भ्यान तीन हजार ७४०, बस एक हजार २४१, ट्रक, टिपर ९२२, माइक्रो १५६, टेम्पो ७३ र शारीरिक शक्तिबाट चल्ने ६७ सवारी साधन दुर्घटनामा परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला उपत्यकाका सडकमा जेब्रा क्रसिङ र आकाशे पुलको प्रयोग नगरी जथाभावीरुपमा बाटो काट्दा धेरै दुर्घटना हुने गरेको बताउछन्। “हुस्सु लाग्नु, सडकमा ‘मर्निङ वाक’ गर्नु, पर्याप्तमात्रामा आकाशे पुल र जेब्रा क्रसिङ नहुनुका कारण पनि दुर्घटना बढेको छ”, उनी भन्छन् ।
उपत्यकामा भएका खाल्डाखुल्डी पुर्दे ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा समिति बनाएर काम गरिएको छ । उक्त समितिले उपत्यकाका सडकमा भएका खाल्डाखुल्डी पुर्ने, करिडोरको विस्तार गर्ने र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने काम गर्दछ । बाटो विस्तार र सडकमा भएका खाल्डाखुल्डी पुरेसँगै सवारी दुर्घटनामा कमी हुने लक्ष्य सरकारले लिएको छ ।
उपत्यकामा आव २०७४/०७५ मा १९४ र आव २०७५/०७६ मा २५४ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको थियो । त्यस्तै यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३३ लाख र काठमाडौं उपत्यकामा मात्र १० लाख हाराहारीमा सवारी साधन सञ्चालन हुँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार