हुलाक टिकट प्रकाशनमा
नेपालबहस संवाददाता
पुस ११, २०७६ शुक्रबार १९:३३:५
११ पुस काठमाडौं । नेपाल–श्रीलङ्का दौत्य सम्बन्धको ६०औँ वर्ष महोत्सवको हुलाक टिकट प्रकाशनमा ल्याइएको छ । नेपाल फिलाटेलिक सोसाइटीद्वारा प्रकाशित सो टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले आज टाँचा लगाई प्रचलनमा ल्याए ।
सन् १९५७ जुलाई १ मा नेपाल–श्रीलङ्का कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि नै सदैव शान्त र समृद्ध रहँदै आएको छ । दुई देशको सम्बन्ध पूर्ण सद्भाव, आपसी समझदारी तथा सहयोगमा आधारित रहँदै आएको पाइन्छ ।
सन् १९७५ मा नेपालद्वारा श्रीलङ्काको राजधानी कोलम्बोमा वाणिज्य दूतावास स्थापना गरी प्रारम्भ भएको कूटनीतिक सम्बन्ध सन् १९९५ मा दूतावास स्थापना भएपश्चात थप प्रगाढ भएको थियो ।
टिकटमा टाँचा लगाउँदै सचिव सुवेदीले श्रीलङ्कासँगको कूटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै व्यापारिक सम्बन्धलाई थप अगाडि बढाउनुपर्नेमा जोड दिए । नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले नेपाल र श्रीलङ्काबीचको सम्बन्ध कूटनीतिक मात्र नभएर आर्थिक र सामाजिकसँग समेत जोडिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीपको लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार