हुलाकी राजमार्ग निर्माणमा सरोकारवालाको चासो
नेपालबहस संवाददाता
पुस १४, २०७६ सोमबार १५:२६:५७
मिना कडेल
१४ पुस पुर्बी नवलपरासी । पुर्बी नवलपरासीको गैंडाकोट,अरुणखोला दुम्कीबास देखि त्रिबेणी जोडने हुलाकी राजमार्ग निर्माण बर्षौ देखि अलपत्र अवस्थामा परे पछि सरोकारवालाहरुले अहिले चासो ब्यक्त गरेका छन । उनीहरुले दश बर्ष अघि नै भौतिक तथा पुर्वाधार मन्त्रालयले निर्माण हुने निर्णय गरे पनि सो हुलाकी मार्ग कुनै हालतमा पनि निर्माण भएर जनतालाई सेबा दिनुपर्नेमा जोड दिएका छन् ।
कावासोतीमा उपभोक्ता हित संरक्षण मञ्चले आयोजना गरेको राष्ट्रिय निकुञ्जको संरक्षण र भौतिक पर्वाधार विकास सम्बन्धि अदालतको फैसला विषयमा गरिएको कार्यक्रममा अधिकाशंले हुलाकी सडक निर्माणमा सरकारले चासो दिनु पर्ने बताए ।
हलाकी राजमार्ग संघर्ष समितिका संयोजक श्रीधर शर्माले हुलाकी राजमार्ग निर्माण गर्दा मध्यवर्ति र चितवन राष्ट्रिय निकुञ्जलाई असर पर्छ भन्दैमा मुख्य राजमार्गको विकल्पको रुपमा रहेको ठोरी त्रिवेणी हुलाकी राजमार्गको काम सेलाउन नहुने मा जोड दिए ।
दश बर्ष अघि सर्वे गरिएको हुलाकी मार्गले गति लिन नसक्नु दुखद् भएको बिनयी त्रिबेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जीसीले बताए । अध्यक्ष जीसीले हुलाकी मार्ग निर्माणले चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ति क्षेत्रलाई कुनै असर नगर्ने हुदा हुलाकी बाटो निर्माण प्राथमिकतामा पर्नु पर्ने बताए । उनले हुलाकी मार्ग लाइफ लाइनको रुपमा रहेको हुदा बाटो निर्माणले प्राथमिकता पाउनु पर्ने मा जोड दिए ।
अहिले निकुञ्ज भएर निस्कने ६७ किलो मिटरको ठोरी त्रिवेणी हुलाकी मार्ग निर्माणमा सर्वोच्चले रोक लगाए पनि बाटो निर्माणको काम विवादमा परेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले निकुञ्जको निति र नियम भन्दा बाहिर नगई वाटो विस्तार गर्न सकिने बताए ।
उनले निकुञ्जमा रहेका वन्यजन्तुहरुलाई कुनै असर नहुने गरि काम गर्नुपर्ने मा जोड दिए । ‘विकास वातावरण मैत्री हुनु पर्छ, भुगोल र दुरी अनुसार विकास भए मात्र विकास अर्थ रहन्छ ’, अधिकृत रुपाखेतीले भने । उनले निकुञ्जले बाटो निर्माण गर्न नहुने भन्दा पनि अदालतले गरेको फैसलालाई नै प्राथमिकता दिनु पर्ने बताए ।
‘योजना प्लान्ट र पैसामा नविक्ने हुदा उचित किसिमको योजना तयार बनाउन सकियो भने सार्थक हुन्छ’ रुपाखेतीले भने । नवलपुरमा मात्र गैडाकोट देखि दुम्कीबास सम्म ६० किलो मिटर र निकुञ्जले छोएको त्रिवेणी दुम्कीबासको करिव १८ किलोमिटर हुलाकी आयोजना दश वर्ष अघि देखि अलपत्र पर्दे आएको छ । कार्यक्रममा प्रदेश सासंद जनक लाल श्रेष्ठले निकुञ्जलाई पनि असर नपर्ने र निर्माणको काम पनि तयार हुने गरि काम गर्नुपर्ने बताए ।
उनले चितवन राष्ट्रिय निकुञ्ज देशको गहना भएको हुदा यसको संरचना तथा वातावरणमा ध्यान दिन र नवलपुरको लाइफ लाइनको रुपमा रहेको हुलाकी राजमार्ग पनि निर्माण गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र
बैशाख ३१, २०८१ सोमबार
स्वास्थ्य क्षेत्रका सहयोगदाता निक साइमन्सका पिताको निधन
बैशाख ३१, २०८१ सोमबार
विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा
बैशाख ३१, २०८१ सोमबार