अमेरिकी सेनाद्धारा इराक र सिरियाका केही स्थानमा हमला
नेपालबहस संवाददाता
पुस १५, २०७६ मंगलबार १९:४०:३८
१५ पुस एजेन्सी । अमेरिकी सेनाले इराक र सिरियास्थित केही स्थानमा आक्रमण गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिकाको सेनाले इरानसमर्थित लडाकूहरुका केही शिविरमा सो आक्रमण लक्षित गरेको बताइएको छ ।
इराक र सिरियाका करिब पाँच स्थानमा अमेरिकाले यस्तो हमला थालेको हो । अमेरिकी सेनाले इराक र सिरियाका ती स्थानमा आइतबारबाट हमला थालेको बताइएको छ । इराकमा रहेका भनिएका कताब हेजबुल्लाहका शिविरहरुलाई अमेरिकी सेनाले लक्ष्य बनाएको हो । केही दिनअघि इराकमा रहेका अमेरिकी सेनामाथिको हमलाका विरुद्धमा यो कारबाही गरिएको हो ।
केही दिन अघिको सो हमलाका क्रममा इराकमा अमेरिकाका एकजना ठेकेदारको मृत्यु भएको थियो । त्यही आक्रमणको प्रतिउत्तर स्वरुप आइतबार अमेरिकी सेनाको यो आक्रमण शुरु भएको अनुमान गरिएको छ ।
इराकको सुरक्षा निकायले आइतबार अमेरिकी सेनाले गरेको सो हमलामा परी यहाँका कम्तीमा पनि २५ जना कताइब हेज्बोल्लाह समूहका लडाकूको ज्यान गएको छ । त्यस आक्रमणमा अरु ५० जना घाइते भएका पनि इराकी सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । केही समययता कताइब हेजबोल्लाहको सो समूहले इराकमा कतिपय स्थानलाई नियन्त्रणमा लिएका थिए । पछि भने इराकी सुरक्षाअधिकारीले ती क्षेत्र आफ्नो नियन्त्रणमा आइसकेको बताएका थिए ।
आइतबार शुरु भएको सो हमलाले ती क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएको बताइएको छ । यस आक्रमणको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ । अमेरिकी सरकारले ती हेज्बुल्लाह समूहलाई आतङ्कवादी सङ्गठनका रुपमा व्यवहार गर्ने गरेको छ । अमेरिकी सेनाले गत हप्ता इराकको किर्कुक शहरमा हमला गरेको थियो । त्यसअघि भएको ती हेजबुल्लाहको आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए ।
त्यस आक्रमणमा परी कैयौँ अमेरिकी सेना तथा इराकी अधिकारीहरू पनि घाइते भएका थिए ।अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार वाशिङ्टन डीसीमा बोल्दै अमेरिकी नागरिकको ज्यान खतरामा परे अमेरिकाले प्रतिकार गर्ने चेतवानी इरानलाई दिए ।
त्यसैगरी आइतबारै अमेरिकी रक्षामन्त्री मार्क एस्परले पनि लडाकू विमानहरूले कताइब हेज्बोल्लाह समूहसँग सम्बन्धित पाँचवटा स्थानमा आक्रमण गरेको जानकारी यहाँस्थित समाचारदाताहरुलाई दिएका थिए । उनले आक्रमण गरेका भनिएका ती स्थानहरुमध्ये तीनवटा स्थान इराकको पश्चिमी क्षेत्र र अरु दुइ ओटा भने सिरियाको पूर्व भू–भागमा पर्छन् ।
कताइब हेजबुल्लाह नामको सो लडाकू समूह शिया मुस्लिमहरूको मिलिसिया समूह हो सन् २००७ मा गठन भएको यो सङ्गठन इरानको समर्थनमा स्थापना भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज
बैशाख ३१, २०८१ सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार