कांग्रेस बैठक विहीबार बस्ने
नेपालबहस संवाददाता
पुस १५, २०७६ मंगलबार २२:४८:७
१५ पुष, काठमाडौं । आन्तरिक विवादको भूमरीमा परेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति वैठक पर्सि विहीबार बस्ने भएको छ ।
आगामी १४ औं महाधिवेशनको तालिका तत्काल पेश गर्न माग राख्दै आएको असन्तुष्ट पक्षको माग बेवास्ता गर्दै संस्थापन पक्षले वहुमतका आधारमा एकलौटी निर्णय थालेको छ ।
गत पुस ११ गते असन्तुष्ट पक्षले वैठक बहिष्कार गरेकै अवस्थामा संस्थापन पक्षले वहुमतका अधारमा पेलेरै अघि बढ्ने रणनीति अख्तियार गरेको छ ।
उक्त निर्णयको असन्तुष्ट पक्षले कडा प्रतिकार गरेको छ । पुरानो निर्णय नसच्चिएसम्म संस्थापन पक्षसँग छलफल समेत नगर्ने असन्तुष्ट पक्षको सोच रहेको छ ।
आगामी पुस १७ गते बस्ने भनिएको वैठकमा पनि असन्तुष्ट पक्ष अनुपस्थित हुने जानकारी दिइएको छ । राष्ट्रियसभाको आसन्न निर्वाचनबारे छलफल गर्न कार्यसमिति बैठक आह्वान गरिएको केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताए ।
साथै यसबारे थप छलफल गर्न संस्थापन पक्षका तर्फबाट उपसभापति बिमलेन्द्र निधि हिजो वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहराटार पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार