देशभर बदली र वर्षाको सम्भावना
नेपालबहस संवाददाता
पुस १९, २०७६ शनिबार १४:४७:३७
१९ पुस काठमाडौं । देशका अधिकांश क्षेत्रमा बलदी तथा वर्षाका कारण चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम बदली तथा हल्का वर्षा भएको हो । शुक्रबार काठमाडौं उपत्यकासहित देशका केही क्षेत्रमा हल्का वर्षा भयो ।
शनिबार पनि मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ । शनिबार देशको मध्य तथा पूर्वी भूभाग तथा पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । यस्तै पश्चिम तराईका क्षेत्रमा आंशिक बदली हुनेछ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात तथा पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुन सक्ने मौसमविदले बताएका छन् ।शनिबार राति मध्य तथा पूर्वका भूभाग तथा पश्चिम पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । पश्चिम तराईका भूभागमा राति भने मौसम सामान्यतया सफा रहने छ ।
मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । बदली तथा वर्षाका कारण अधिकतम तापक्रम घटेका कारण चिसो बढेको हो । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन भएको थियो ।
शनिबार बिहान ६ डिग्री सेल्सियस मापन भएको तापक्रम दिउँसो बढेर १३ देखि १५ डिग्रीसम्म पुग्न सक्ने मौसमविद प्रतिभा मानन्धरले बताएकी छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १९ गते (शनिबार)
दिउँसो : देशको मध्य तथा पुर्वी भु-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु-भागमा आंसिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुन सक्ने साथै पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशको मध्य तथा पुर्वी भु-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको संभावना रहेको छ ।
पौष २० गते (आइतबार)
दिउँसो : देशको पुर्वी भु-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक बदली रहनेछ। बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : देशको पश्चिमी भु-भाग लगायत मध्य पहाडी भु-भागमा आंशिक बदली रहने संभावना छ, बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष २१ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदली रहने साथै मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):– मौसम बदली संगै हल्का देखि मध्यम हिमपातको संभावना रहि चिसो रहने हुनाले सतर्कता अपनाउनुहुन अनुरोध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार