चिनियाँ नागरिकलाई बुधबारसम्म फिर्ता पठाउने तयारी
नेपालबहस संवाददाता
पुस २२, २०७६ मंगलबार १३:५६:२७
२२ पुस एजेन्सी । शङ्कास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई अध्यागमन कानुनअन्तर्गत बुधबारसम्म फिर्ता ‘डिपोर्ट’ गर्ने तयारी भइरहेको छ । अध्यागमन विभागका अनुसार राहदानी नभएका ९२ जनाको नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा ट्राभल्स डकुमेन्ट ‘टीडी’ तयारी पार्ने कार्य जारी छ ।
सम्भवतः मङ्गलबार साँझसम्ममा टीडी बनाउने कार्य सम्पन्न हुनेछ । पक्राउ परेकामध्ये ३० जनासँंग मात्र राहदानी फेला परेको थियो । बाँकीले नेपालमै लुकिछिपी बस्न राहदानी च्यातेर फालेको हुनसक्ने अनुमान प्रहरीको छ । चिनियाँ नागरिक बस्दै आएको घरमा छापा मार्ने क्रममा प्रहरीले ९० वटाभन्दा बढी राहदानी बरामद गरेको थियो ।
बरामद राहदानीमध्ये ३० जनाको पहिचान खुले पनि बाँकी राहदानी बेवारिसे अवस्थामा भेटिएका हुन् । ती राहदानीवाहक चिनियाँ नागरिक भागेको हुनसक्ने भनाइ महानगरीय प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंँको संयुक्त प्रहरी टोलीले यही पुस ७ गते काठमाडौँको विभिन्न स्थानबाट चिनिया नागरिकलाई पक्राउ गरेको थियो ।
पक्राउ चिनियाँ नागरिकविरुद्ध दायर अभद्र व्यवहार मुद्दाअन्तर्गत आइतबार जिल्ला प्रशासन कार्यालय ९जिप्रका० काठमाडौँबाट जनही एक हजार रुपियाँ धरौटी जमानतमा छुटेका थिए । जिप्रकाले छोड्ने आदेश दिए पनि अध्यागमन कानुनअन्तर्गत थप कारबाही सुरु गरिएको हो ।
प्रहरी हिरासतमा रहेका चिनियाँ नागरिकलाई फिर्ता लैजान हवाई व्यवस्था चिनियाँ सरकारले नै गर्नेछ । ती चिनियाँ नागरिकलाई दुई समूहमा बाँडेर चीन फिर्ता लैजाने तयारी भइरहेको अध्यागमन स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
एआईजीहरुले लगाए बढुवाको दर्ज्यानी चिह्न
बैशाख ३०, २०८१ आइतबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार