द्वारिकाज होटेलमा बोलाएर २० करोड घूस मागियाे : प्रसाईं
नेपालबहस संवाददाता
पुस २३, २०७६ बुधबार २२:२:०
२३ पुष, काठमाडौं । मेडिकल कलेज संचालनका लागि सम्बन्धन दिलाइपाउँ भन्दा २० करोड घूस मागियो भन्दै पत्रकार सम्मेलन नै गरिएको छ । एक पछि अर्को गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओली सरकारले नियुक्त गरेका पदाधिकारीहरु खुलेआम घूस माग्न अग्रसर भएको घटना आज सोही पार्टी निकट एकजना चिकित्सा माफियाले पर्दाफास गरेका छन् ।
झापाको विर्तामोडमा बी एण्ड सी हस्पिटल चलाइरहेका कुख्यात मेडिकल माफिया दुर्गा प्रसाईंले आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी यस्तो पर्दाफास गरेका हुन् ।
प्रसाईका अनुसार बी एण्ड सी मेडिकल कलेजका लागि सम्बन्धन प्रकृया अघि बढाउन खोज्दा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपियाँ घूस मागेका थिए ।
एक महिना अघि मलाई बानेश्वरस्थित द्वारिकाज होटेलमा बोलाएर गिरीले सम्वन्धन प्रकृया बढाउने भए २० करोड रुपियाँ दिनुपर्ने शर्त राखेको उनले बताए ।
तर आफूले त्यत्रो रकम दिन नसक्ने बताएपछि सम्बन्धन प्रकृया नै अघि नबढाएको आरोप उनले लगाए । यस सम्बन्धमा आफूले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धेरै अगाडि नै जानकारी गराएको समेत प्रसार्इंले आरोप लगाए ।
प्रसार्इं प्रचण्ड निकट व्यावसायी मानिन्छन् । गत वर्ष प्रधानमन्त्री ओली र प्रचण्डलाई घरमा बोलाएर मार्सी चामलको भात ख्वाएको भन्दै प्रसाईंको खुबै चर्चा भएको थियो ।
आरोपित गिरी पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेल निकट मानिन्छन् । दुबै जनाबीच पैसाको लेनदेनमा कुरा नमिलेपछि यो प्रकरण बाहिर आएको स्पष्ट छ ।
तपाईंले यो कुरा पहिल्यै किन सार्वजनिक नगर्नु भएको त ? भन्ने पत्रकारको प्रश्नमा प्रसाईंले भने यसबारे पार्टी नेताहरुलाई जानकारी गराइसकेको थिएँ । तर मिडियासँग भने अब बोल्न बाध्य भएको छु । आफूसँग पैसा माग्ने बेलामा गिरीले आफू उपाध्यक्ष बन्न पनि धेरै लगानी गरेकाले माथिसम्म पैसा दिनु पर्छ भनेको पनि बताए ।
मन्त्री, प्रधानमन्त्रीसम्म मैले पैसा बुझाउनुपर्छ भन्ने कुरा गिरीजीले गर्नुभयो, त्यसैले मैले पार्टी नेताहरुलाई यसबारे पहिल्यै जानकारी गराएएको हुँ, प्रसाईंले भने ।
एउटा मेडिकल कलेजलाई सम्वन्धन दिन समेत यत्रो रकमको चलखेल हुने रहेछ भन्ने कुराको पुष्टी प्रसाईंको आरोपले स्पष्ट गरेको छ । साथै ओली सरकारका पदाधिकारीले देश लुट्न कतिसम्मको नीचता देखाउँदा रहेछन् भन्ने बुझाउनसमेत यो घटना उदाहरण बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
बैशाख १४, २०८१ शुक्रबार
बागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार