दुई दिनमा स्थानीय तहमा भत्काइयो ९३ छाउगोठ
नेपालबहस संवाददाता
पुस २३, २०७६ बिहिबार ०:३५:३१
२३ पुस दैलेख । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले जिल्लाका पश्चिम क्षेत्रमा रहेका विभिन्न स्थानीय तहमा रहेका ९३ छाउगोठ भत्काएको छ ।
जिल्लाको पश्चिममा समस्याका रुपमा रहेको छाउप्रथालाई निरुत्साहित गर्न सरकारले थालेको छाउगोठ भत्काउने अभियानअन्तर्गत आठबीस नगरपालिकाको राकम बजार, ठाटीकाँध गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाका विभिन्न स्थानमा ९३ बढी छाउगोठ भत्काइएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र क्षेत्रिले जानकारी दिए।
प्रहरी निरीक्षक उपेन्द्र आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीसहितको संयुक्त टोलीले विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सोमबारबाट गोठ भत्काउने अभियान थालेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीका अनुसार आठबीस २०, चामुण्डाबिन्द्रासैनीमा ४६ र अन्य विभिन्न स्थानीय तहमा २७ छाउगोठ मङ्गलबार साँझसम्म भत्काइएको छ ।
सोमबार र मङ्गलबार विभिन्न स्थानमा खटिएका प्रहरीको टोलीले छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले छाउगोठ भत्काएपछि कतिपय महिला अहिले पनि गाई वा भँैसी गोठमा बस्ने गरेका भन्ने जानकारी प्राप्त भएकाले यसको पुनः अनुगमन गरेर समस्या समाधानका लागि पहल गर्ने बताए ।
कुलदेवता मुख्य समस्या
जिल्लामा विकराल समस्या बन्दै गएको छाउपडी प्रथाको मूल जरो भनेको कुलदेवता रहेको र कुलदेवताले घरभित्र पस्न नदिने भन्ने प्रचलनका कारण डर मानेर अधिकांश महिला असुरक्षित रुपमा छाउ बार्नुपर्ने बाध्यतामा छन् ।
स्थानीय जानकार दीर्घराज अधिकारीले भन्छन्, “सुरक्षित वा असुरक्षित रुपमा छाउ बार्नुपर्ने समस्या दैलेखमा ८० प्रतिशतभन्दा बढी छ, हरेक वर्ष कुलपूजा गर्दा वा धामी बस्दा धामीले छुई नबारेकाले देउता रिसाएको भन्दै आरोप लगाउने प्रचलन विगत सयौँ वर्षदेखि चल्दै आएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार