चार लाख नक्कली नेपाली नोटसहित ४ जना पक्राउ
नेपालबहस संवाददाता
पुस २४, २०७६ शुक्रबार १:५०:१३
२४ पुष, काठमाडौं । काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा नक्कली नेपाली नोट (खोटा मुद्रा) देखाई ठगी गरेको अभियोगमा ४ जनालाई काठमाडौं गोगंबुबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सल्यान शारदा नगरपालिका-७ घर भई काठमाडौं माछापोखरी बस्ने २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखाल नगरपालिका-१३ बस्ने ३२ वर्षीय बल बहादुर राना मगर, डोटी पूर्वी चौकी गाउँपालिका-३ घर भई काठमाडौं कपुरधारा बस्ने २४ बर्षीय आर्यान खड्का र धनकुटा छत्र जोरपटी गाउँपालिका-३ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३६ वर्षीय छत्रबहादुर लिम्बु रहेका छन् ।
पक्राउ परेकामध्ये बुढाथोकी जाली नोट बजारमा पुर्याउने मुख्य व्यक्ति, राना मगर जाली नोट बनाउने मुख्य व्यक्ति, खड्का जाली नोट बनाउने मुख्य डिजाइनर र लिम्बु जाली नोट बजारमा पुर्याउन सहयोग गर्ने भूमिकामा रहेको खुल्न आएको छ ।
उनीहरुको साथबाट ‘श्री नेपाल राष्ट्र बैंक’ लेखिएका विभिन्न नम्बर उल्लेख भएका १ हजार रुपैयाँ दरका जम्मा ४ सय १३ थानमा रहेको ४ लाख १३ हजार रुपैयाँ खोटा मुद्रा (नक्कली) तथा १ हजार रुपैयाँ दरको नोटको A4 साईजको पेपरमा ४ वटा अट्ने गरी पछाडीको भागको रंगिन फोटोकपी गरेको पेपर ३५ थान, रंगिन फोटोकपी मेसिन १ थान र सिपीयू १ थान प्रहरीले बरामद गरेको छ ।
काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा खोटा मुद्रा देखाई ठगी गरेको विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त खोटा मुद्रा र अन्य सामानसहित पक्राउ गरी उनीहरु उपर मुद्रा सम्बन्धि कसूर अन्तर्गत अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार