वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान
नेपालबहस संवाददाता
पुस २५, २०७६ शुक्रबार १६:२८:२३
२५ पुस भरतपुर । मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै दाह्रा काटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका चिकित्सक तथा प्राविधिकले रेडियो कलर जडान गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । पछिल्लो दुई सातादेखि रोनाल्डोले भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ मा वितण्डा मच्चाएको थियो ।
रोनाल्डो भएको स्थान र त्यसको गतिविधि पत्ता लगाउन रेडियो कलर जडान गरिएको घिमिरेले बताए । रेडियो कलरमार्फत कसरास्थित निकुञ्जको कार्यालयबाटै हात्ती कहाँ कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ । “दाह्रा काटेपछि हात्तीले कमजोर महसुस गर्छ, जसले क्षति कम गर्छ”, उनले भने । दाह्रा काट्दा हात्तीको स्वास्थ्यमा कुनै असर नगर्ने र निकुञ्जमा पालिएका हात्तीको पनि काट्ने गरेको उनले बताए । गत वर्ष सौराहा क्षेत्रमा वितण्डा मच्चाएको रोनाल्डोले यस वर्ष मेघौली क्षेत्रमा दुःख दिएको हो ।
स्थानीयको केराखेती, घरमा भण्डार गरेर राखेको खाद्यान्न र घर गोठमा समेत क्षति पु¥याएको भरतपुर महानगरपालिका–२८ का वडाध्यक्ष आशबहादुर कुमालले बताए । उनले भने, “मानिसको समेत ज्यान लिने अवस्था आएको थियो, निकुञ्ज, महानगर र प्रशासनमा ‘डेलिगेसन’ गयौँ, बल्ल सुनुवाइ भयो ।” रेडियो कलर जडानपछि पनि अझै ढुक्क हुने अवस्था नरहेको उनले बताए।
चितवन राष्ट्रिय निकुञ्जमा चारदेखि पाँच रैथाने जङ्गली हात्ती छन् । तिनीहरु एक्लाएक्लै हिँड्छन् । तिनै हात्तीले मानवीय बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेका छन् । नेपाल भारत आवतजावत गर्ने करिब ४० देखि ५० हात्ती निकुञ्जमा रहेको घिमिरेले जानकारी दिनुभयो । निकुञ्जले पालेका ५७ हात्ती छन् । यसअघि चितवन राष्ट्रिय निकुञ्जमा धु्रवे हात्तीलाई रेडियो कलर जडान गरिएको थियो ।
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट बर्सेनि धनजनको क्षति हुने गरेको छ । वर्षौंदेखि निकुञ्ज र बस्तीबीच व्यवस्थित तारबारको माग उठ्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार