बिहिबार , असोज १५, २०७७

महाभूकम्पले ढलेका ललितपुरका सरकारी कार्यालयहरु अझै बनेन

महाभूकम्पले ढलेका ललितपुरका सरकारी कार्यालयहरु अझै बनेन

२५ पुष, ललितपुर । वि.सं २०७२ वैशाख १२ र २९ गतेको महाभूकम्प एवं पटकपटकको परकम्पले क्षति भएका ललितपुर जिल्लाका सरकारी भवनमध्ये १६ वटाको मात्रै पुनःनिर्माण सम्पन्न भएको छ भने बाँकी धेरै भवनहरु बन्न सकेका छैनन् । भूकम्पले क्षति भएका सरकारी भवनमध्ये २१ को पुनः निर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) लाई दिइएको थियो ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले पुनः निर्माण गर्ने गरी स्वीकृत प्राप्त भएका २१ कार्यालयमध्ये १६ को पुनः निर्माण सम्पन्न भएको आयोजना प्रमुख चन्द्रकाजी गुरुङले जानकारी दिएका छन् ।

“बजेट नभएकै कारण साझा प्रकाशनको पुनःनिर्माण शुरु हुन सकेको छैन, प्रकाशनको भवन पुनःनिर्माणका लागि रु १८ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ”, आयोजना प्रमुख गुरुङले भने । साझा प्रकाशन पुनः निर्माणका लागि ठेक्का आह्वान गरी निर्माण व्यवसायीसँग सम्झौताको चरणमा पुगेपछि अर्थ मन्त्रालयले बजेट स्वीकृत नगरेका कारण काम हुन नसकेको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवनं) का आयोजना प्रमुख नवराज प्याकुरेलले जानकारी दिए ।

राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सिञ्चाइ विभाग र क्षेत्रीय कृषि निर्देशनालयले भवन बनाउने जग्गा उपलब्ध नगराएकाले काम हुन नसकेको उनको भनाइ छ । यसैगरी भूकम्पले पूर्णरुपमा क्षति भएका ललितपुरका हरिहरभवन, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलका भवन र काठमाडौं उपत्यका खानेपानी लिमिटेड जावलाखेलको भवन भने केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) बबरमहलले नै बनाइरहेको एकाइ (भवन) जिल्ला कार्यालयका इञ्जिनीयर सवि श्रेष्ठले बताए ।

राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय पुस्तकालय जस्ता महत्वपूर्ण कार्यालय रहेको हरिहरभवनको पुनः निर्माणमा ढिलाइ हुँदा पनि सरोकार भएका निकायको ध्यान जान नसकेकामा ललितपुरवासीको गुनासो छ । राष्ट्रिय पुस्तकालय जस्तो महत्वपूर्ण धरोहर रहेको भवनको पुनः निर्माणमा सरकारले देखाएको उदासीनता उदेकलाग्दो भएको स्थानीयवासी रमेश महर्जनले दुखेसो पोखे ।

“महत्वपूर्ण पुस्तक बोरामा कोचेर राखेको पाँच वर्ष भइसक्यो, कति नष्ट भए होलान्, त्यसको क्षतिपूर्ति कसले दिने ? तिनमा भएको ज्ञानको भण्डारबाट भावी पुस्ता विमुख हुनुपर्ने अवस्था आएको छ”, उनले भने ।

यसैगरी जिल्लाका व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको भवन, सामूहिक मूल साना गुठीको भवन ठेचो, पशु स्वास्थ्य अनुसन्धान कार्यालयको भवन निर्माण भइरहेको छ । आन्तरिक राजश्व कार्यालय पुल्चोक र जुद्ध वारुण यन्त्र कार्यालयको पुल्चोकस्थित भवन पुनःनिर्माण शुरु हुने क्रममा छ । जिल्लामा भूकम्पले कति सरकारी कार्यालयमा क्षति पुग्यो भन्ने तथ्याङ्क भने कार्यालयमा नरहेको आयोजना प्रमुख गुरुङले बताए ।

पुनःनिर्माण सम्पन्न भएका सरकारी कार्यालयमा यातायात व्यवस्था कार्यालय (एकान्तकुना), जिल्ला पशु सेवा कार्यालय (जावलाखेल), जिल्ला वन कार्यालय (गोदावरी), महानगरी प्रहरी प्रभाग (लगनखेल)को महिला बन्दीगृह, जिल्ला प्रशासन कार्यालयको आवास भवन (मानभवन) रहेका छन् । यसैगरी जिल्ला कृषि विकास कार्यालय (गोटीखेल), क्षेत्रीय सिँचाइ निर्देशनालय गोदावरी, क्षेत्रीय पशु निर्देशनालय (लगनखेल), वनस्पति उद्यानको भवन (गोदावरी), राजश्व प्रशासन तालिम केन्द्रको भवन (हरिहरभवन), जिल्ला कारागार कार्यालय (नख्खु)को कार्यालय भवन, कारागार नख्खुको सिआरसी र डिआरसी भवन छन् ।

यसैगरी जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले आवास बस्ती विकास, बुङ्मती पूर्वाधार विकास आयोजना र हरिहरभवनको राष्ट्रिय मानव अधिकार आयोगको प्रि–फ्याब भवन निर्माण गरेको छ । हरिहरभवनको निजामती किताबखानातर्फको भवनको मर्मतसमेत सम्पन्न भएको एकाइ (भवन) ले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ३ घण्टा पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ४ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ ८ घण्टा पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ७ घण्टा पहिले
प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी प्रदेशकै पहिलो पाँचतारे होटलमा ९ सय जनालाई रोजगारी ११ घण्टा पहिले
तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा तीन वर्षमा पाँचवटा नियुक्ति पाउने भाग्यमानी डा. खतिवडा ८ घण्टा पहिले
नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु नेपालमा पहिलोपटक कोरोनाले वरिष्ठ चिकित्सकको मृत्यु ४ घण्टा पहिले
युवराज र लोकदर्शनलाई राजदूत बनाएपछि प्रधानमन्त्री ओलीको आलोचना चुलियो युवराज र लोकदर्शनलाई राजदूत बनाएपछि प्रधानमन्त्री ओलीको आलोचना चुलियो ५ घण्टा पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ६ दिन पहिले
युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! युवतीको सामूहिक बलात्कारपछि हत्या, घटना लुकाउन प्रहरीले शव जलाईदियो ! ३ घण्टा पहिले
बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? बुलिश प्रवृत्तिमा बन्द भयो बजार, सामान्य प्रतिरोध कहाँ निर ? ४ घण्टा पहिले
नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ नेपाल प्रहरीकै बेइज्जती गर्ने इन्सपेक्टर ! ठगीको पोल खुलेपछि पक्राउ ८ घण्टा पहिले
विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या ७ दिन पहिले
जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! जसले १२ वर्षीया सम्झनालाई बलात्कार गरेपछि ढुंगाले मुखमा हानेर हत्या गरे ! ४ दिन पहिले
युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… युवकसँग यौन सम्पर्क गर्दैगर्दा फेला परेकी श्रीमतिलाई श्रीमानले प्रहरीमा बुझाएपछि… ७ घण्टा पहिले
कोरोना जित्न गुर्जो कति खाने, कसरी खाने ? कोरोना जित्न गुर्जो कति खाने, कसरी खाने ? ७ दिन पहिले
अध्ययन भन्छ, कम यौनसम्पर्क गर्नेको चाँडै महिनावारी रोकिन्छ ! अध्ययन भन्छ, कम यौनसम्पर्क गर्नेको चाँडै महिनावारी रोकिन्छ ! ९ महिना पहिले
बोली व्यवहारमा नम्रता-शिष्टता र कानूनको उल्लघंन नगर्न निर्देशन बोली व्यवहारमा नम्रता-शिष्टता र कानूनको उल्लघंन नगर्न निर्देशन ८ महिना पहिले
बाजुरामा चार रेक्टरको भूकम्प, स्थानीयवासी त्रसित बाजुरामा चार रेक्टरको भूकम्प, स्थानीयवासी त्रसित ८ महिना पहिले
गुडविल फाइनान्समा नयाँ संचालक समिति,२५ करोडको डिवेन्चर निश्काशन हुँदै गुडविल फाइनान्समा नयाँ संचालक समिति,२५ करोडको डिवेन्चर निश्काशन हुँदै ९ महिना पहिले
जनतालाई धम्क्याउने र तर्साउने अभियानमा सरकार जनतालाई धम्क्याउने र तर्साउने अभियानमा सरकार ९ महिना पहिले
बेरुजु फर्छ्‍यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट,आईजीपीले पाए १० हजार रुपैयाँसहित प्रशंसापत्र बेरुजु फर्छ्‍यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट,आईजीपीले पाए १० हजार रुपैयाँसहित प्रशंसापत्र ९ महिना पहिले
कोरोना भाइरसकाे महामारी : मृत्यु हुनेको संख्या २५ पुग्यो ! कोरोना भाइरसकाे महामारी : मृत्यु हुनेको संख्या २५ पुग्यो ! ८ महिना पहिले
एमसीसीमा सरकार र नेताहरु सती नजाउन् एमसीसीमा सरकार र नेताहरु सती नजाउन् ८ महिना पहिले