कम छैन कोशीमा नुहाउन जानेहरुको घुइँचो
नेपालबहस संवाददाता
पुस २५, २०७६ शनिबार २:५:४०
२५ पुष, काठमाडौं । हरेक वर्ष पौष शुक्ल पूर्णिमा अर्थात पुसे पूर्णिका अवसरमा सप्तरी जल्लिाको कोशी जलासयमा नुहाउनेहरुको घुइँचो नै लाग्छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा आज बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेको घुइँचो लागेको थियो ।
कोशी ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ, भारतको बिहार राज्यको पूर्णिया, लौकही, मधुवनी, फारबिसगञ्ज, अररिया, रतनपुरालगायतका स्थानबाट स्नान गर्न आउने गरेका स्थानीय बासिन्दा बताउँछन् । यस वर्षसमेत कोशी ब्यारेजमा स्नान गर्न तथा मेला भर्न सर्वसाधारणको उपस्थिति भएको स्थानीय बिन्देश्वर माझीले जानकारी दिए ।
बिहानैदेखि बैलगाडा, बस, म्याजिक, मोटरसाइकल, रिक्सा, इ–रिक्सा, साइकलसहितका अन्य सवारी साधनबाट मेला भर्न तथा कोशी स्नानका लागि सर्वसाधारण आइरहेका उनले बताए । कृषि मेलाका रूपमा समेत चिनिने यो एकदिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीको खरीद बिक्रीका लागि त्यहाँ महत्वपूर्ण मानिन्छ ।
यस अतिरिक्त सप्तरीको हनुमाननगर, इटहरी विष्णुपुर, मेगजिन चुरिया, पथरी, झनकट्टा, मलकोरलगायतका स्थानमा समेत मेला लागेको छ । पुस शुक्ल पूर्णिमाका दिन कोशी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गङ्गास्नान गरेसरह पुण्य मिल्ने जनविश्वास छ । त्यहाँ बिहानै कोशीलगायतका जलासयमा नुहाएर मिठोचोखो खाने चलन रहँदै आएको छ ।
पुसे पूर्णिमामा लाग्ने ठूलो मेलाका लागि कोशी ब्यारेजमा भव्य तयारी गर्नुका साथै भम्रण वर्ष २०२० का लागि आन्तरिक तथा बाहिरका पर्यटक भित्र्याउनका लागि विभिन्न स्थानमा रमाइलो तथा आकर्षित वस्तु राखिएका छन् । मेलामा कुनै किसिमको अप्रिय घटना हुन नदिन सुरक्षा ब्यवस्थामा समेत कडाइ गरिएको मेला समितिले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गको मुख्य सडकमै पर्ने कोशी ब्यारेजमा हुनाले कोशी मेलामा सुरक्षित एवं सहज तरिकाले मेला गर्ने उद्देश्यले व्यवस्थित गर्न ट्राफिक प्रहरी पनि परिचालन गरिएको जनाइएको छ ।
कोशी नदीलाई कौशिका माताका रूपमा पूजा गर्ने चलनअनुसार यस दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहिआएको छ । यस दिन जाशयमा स्नान गरेर भुजा, चिउरा, पुरी, तरकारी, जेरीसहितका मिठाइ खाने गरिन्छ । यद्यपि पछिल्लो समयमा माछा, मासु खानेहरुको सङ्ख्या पनि बढ्दै गएको छ । मेला भर्ना विशेषगरी भारदहस्थित कोशी ब्यारेज, ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर र जगतपुरको झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुरलगायतका स्थानमा सर्वसाधारणको भीड लाग्ने गर्दछ ।
सप्तरीका हनुमाननगर कङ्कालिनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले आज एक दिनका लागि बिदा दिएको हो । तीनै स्थानीय तहले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पुसे पूर्णिमाका अवसरमा बिदा दिने निर्णय गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
भोजपुरको दुर्गम भेगमा निःशुल्क उपचार
बैशाख १४, २०८१ शुक्रबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ सातामा ‘महाजात्रा’ : ५१ औँ दिनतर्फ लम्किँदै
बैशाख १४, २०८१ शुक्रबार
‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार